गृहपृष्ठ विश्वमा शान्ति फैलाउन बौद्धमार्गीको अतुलनीय योगदानः पर्यटनमन्त्री पाण्डे
विश्वमा शान्ति फैलाउन बौद्धमार्गीको अतुलनीय योगदानः पर्यटनमन्त्री पाण्डे

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले विश्वमा शान्ति फैलाउन बौद्धमार्गीको अतुलनीय योगदान रहेको बताएका छन् । नेपाल पर्वतारोहण सङ्घले आज यहाँ आयोजना गरेको चौथो विश्व शान्ति पूजा कार्यक्रममा उनले बौद्धमार्गीका कारण विश्वमा शान्ति फैलाउन योगदान पुगेको बताएका हुन।
पर्यटनमन्त्री पाण्डेले ज्ञानबाट धनतिर जान लागेको समाजलाई बुद्धमार्गकै माध्यमबाट शान्ति फैलाउन मद्दत पुग्ने विश्वास व्यक्त गरे। नेपाल शान्तिको मुहान भएको र विश्वका हरेक मानव एकपटक नेपाल आउनुपर्ने बताउँदै उनले एकपटक आएकाले पटकपटक आउने वातावरण बनाउनु आवश्यक रहेकामा जोड दिए । विश्व एक परिवार भएकाले विश्वभर एकता र मेलमिलाप हुनुपर्ने उनको भनाइ थियोे ।
“बुद्धको सन्देश संसारभर फैलियो । यो विश्व शान्ति पूजाको आयोजना गर्दैगर्दा मानवको मानसिक शान्ति र जलवायु परिवर्तनको जोखिमबाट बचाउन पृथ्वीमा शान्ति खोजिरहेका छौँ”, पर्यटनमन्त्री पाण्डेले भने, “बुद्धको शिक्षा र मार्गदर्शनलाई आत्मसात् गर्दै विश्वशान्ति र भ्रातृत्व कायम गर्न सबै लाग्नुपर्ने आवश्यकता छ ।”
पूर्वपर्यटनराज्यमन्त्री याङ्किला शेर्पाले विश्वशान्तिको कामनासहित आपसी भाइचारा अभिवृद्धिमा टेवा पु-याउने उद्देश्यले कार्यक्रम गरिएको बताइन।
गुरु शरणनाथ, बज्राधार शाक्य गोङेमा ठिछेन रिन्पोछेको ८०औँ जन्मोत्सवका अवसरमा दीर्घायु प्रार्थना समारोह तथा चौथो विश्वशान्ति पूजा आयोजना गरिएको हो । विश्वशान्ति पूजामा विभिन्न मुलुकबाट प्रतिनिधिहरु सहभागी रहेको जनाइएको छ ।
प्रकाशित समय : २१:५७ बजे