global ime bank Long Banner Ad
Global IME

गृहपृष्ठ एनपिएलः चितवन राइनोजले समर्थकलाई निःशुल्क बस सेवा उपलब्ध गराउने

एनपिएलः चितवन राइनोजले समर्थकलाई निःशुल्क बस सेवा उपलब्ध गराउने

एनपिएलः चितवन राइनोजले समर्थकलाई निःशुल्क बस सेवा उपलब्ध गराउने
नेपाल प्रिमियर लिग (एनपीएल)को टोली चितवन राइनोजले आफ्नो खेल हुने दिनमा चितवनबाट काठमाडौँ आउन चाहने समर्थकलाई निःशुल्क बस सेवा उपलब्ध गराउने भएको छ ।
खेल हुने दिनमा चितवन मेडिकल कलेजदेखि त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदान कीर्तिपुरसम्म र क्रिकेट मैदान कीर्तिपुरदेखि चितवन मेडिकल कलेजसम्म निःशुल्क दैनिक पाँच वटा बस व्यवस्था गरिएको टोलीले जनाएको छ । उक्त सेवा टिकट खरिद गरेका समर्थकहरूले लिन सक्ने चितवन राइनोजले जनाएको छ ।
चितवन राइनोजले आफ्नो पहिलो खेल यही मङ्सिर १७  गते काठमाडौं गुर्खाजसँग खेल्दै छ । उक्त खेल दिउँसो सवा एक बजे सुरु हुनेछ । पहिलो खेलको लागि चितवन मेडिकल कलेजदेखि काठमाडौंका लागि बिहान तीन बजे बस प्रस्थान गर्नेछ ।

प्रकाशित समय : २१:२२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु