global ime bank Long Banner Ad
Global IME

गृहपृष्ठ एनपिएलः एनसेल फाउन्डेसनले प्रत्येक चौकामा शैक्षिक सामग्री वितरण गर्ने

एनपिएलः एनसेल फाउन्डेसनले प्रत्येक चौकामा शैक्षिक सामग्री वितरण गर्ने

एनपिएलः एनसेल फाउन्डेसनले प्रत्येक चौकामा शैक्षिक सामग्री वितरण गर्ने
एनसेल फाउन्डेसनले नेपाल प्रिमियर लिग (एनपीएल)का खेलमा प्रत्येक चौकामा ग्रामीण र दुर्गम क्षेत्रका सामुदायिक विद्यालयका विद्यार्थीलाई चारवटा शैक्षिक सामाग्री प्रदान गर्ने घोषणा गरेको छ ।
“क्रिकेटले सबैलाई एकताबद्ध  बनाउछ, यस पहलमार्फत हामी ग्रामीण र दुर्गम विपन्न क्षेत्रका विद्यार्थीहरूको जीवनमा सकारात्मक प्रभाव पार्न चाहन्छौँ”, एनसेलकी कर्पोरेट कम्युनिकेसन र सीएसआर प्रमुख विशाखा लक्ष्मी खड्काले भने ।
फाउण्डेसनले उपलब्ध गराउने शैक्षिक सामग्री क्रिकेट एशोसिएसन नेपाल (क्यान), स्थानीय निकाय र सरोकारवालाहरूको समन्वयमा प्रदान गरिनेछ । क्यानले एनपीएलका लागि एनसेलसँग यसअघि नै साझेदारी सम्झौता गरिसकेको छ । यस साझेदारीअन्तर्गत, एनसेल, सिद्धार्थ बैंक नेपाल प्रिमियर लिगको ‘पावर्ड बाई’ पार्टनरको रूपमा रहेको छ ।

प्रकाशित समय : २१:१८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु