काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

नेपाल टेलिकमको एनपीएल क्रिकेट लक्षित ‘एनटी क्रिकेट धमाका प्याक’ सार्वजनिक

3.05K
shares

सरकारी स्वामित्वको दूरसञ्चार कम्पनी नेपाल टेलिकमले नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगितालाई लक्षित गर्दै ‘एनटी क्रिकेट धमाका प्याक’ सार्वजनिक गरेको छ ।

बिहीबार राजधानीमा आयोजित एक कार्यक्रममार्फत कम्पनीले नयाँ प्याकको घोषणा गरेको हो । यो योजना अन्तर्गत ६९९ मा एक महिनाका लागि ३०० जीबी डेटा उपलब्ध हुनेछ, जसमा दैनिक १० जीबी डेटा प्रयोग गर्न सक्ने सुविधा दिइएको छ । एक दिनमा १० जीबीको लिमिट पूरा भए बाँकी समय ३ एमबीपीएस गतिमा डेटा उपलब्ध हुनेछ ।

त्यस्तै, टेलिकमले ४९९ मा एक महिनासम्म चलाउन सकिने गरी १५० जीबी डेटाको अफर पनि उपलब्ध गराएको छ । यस योजना अन्तर्गत प्रयोगकर्ताले दैनिक ५ जीबी डेटा उपयोग गर्न सक्नेछन् । ५ जीबीको लिमिट पूरा भए २ एमबीपीएस गतिमा डेटा चल्नेछ ।

मोबाइलमा *1415*11# डायल गरी वा नेपाल टेलिकमको मोबाइल एपमार्फत ​एनटी क्रिकेट धमाका प्याक एक्टिभेट गर्न सकिने कम्पनीले जनाएको छ ।