गृहपृष्ठ मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई क्यान्सरको उपचार गराउन सर्वोच्चको आदेश
मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई क्यान्सरको उपचार गराउन सर्वोच्चको आदेश
सर्वोच्च अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाईंको क्यान्सरको उपचार गराउन अनुसन्धान निकायका नाममा निर्देशनात्मक आदेश जारी गरेको छ । न्यायाधीशद्वय महेश शर्मा पौडेल र नित्यानन्द पाण्डेको इजलासले बुधबार प्रसाईंका छोरा निराजनले दायर गरेको बन्दी प्रत्यक्षीकरणको रिट खारेज गर्दै उपचारका लागि निर्देशनात्मक आदेश जारी गरेको हो । आदेशको पाठ बिहीबार सार्वजनिक भएको हो ।
प्रसाईंको तर्फबाट काठमाडौं जिल्ला अदालतले यही मंसिर ९ मा दोस्रोपटक म्याद थप गर्दा सम्बन्धित विशेषज्ञबाट आवश्यक उपचारको प्रबन्ध गर्नू भनेको आदेशको पालना नभएको निवेदन दायर भएको थियो । जसमा सर्वोच्चले निर्देशनात्मक आदेश जारी गरेको हो ।
प्रकाशित समय : १९:१७ बजे