global ime bank Long Banner Ad
Global IME

गृहपृष्ठ विराटनगर अभ्यास खेलमा पोखरासँग पराजित

विराटनगर अभ्यास खेलमा पोखरासँग पराजित

विराटनगर अभ्यास खेलमा पोखरासँग पराजित

नेपाल प्रिमियर लिग (एनपीएल) को तयारीमा रहेको विराटनगर किंग्स पोखरा एभेन्जर्ससँग पराजित भएको छ । मुलपानी क्रिकेट मैदानमा भएको अभ्यास खेलमा विराटनगर पोखरासँग ३६ रनले पराजित भएको हो ।

टस जितेर पहिले ब्याटिङ गरेको पोखरा एभेन्जर्सले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ६० रन बनाएको थियो । पोखराका लागि कुशल भुर्तेलले ३५ बलमा सर्वाधिक ५५ रन जोडे । अन्य खेलाडीको प्रदर्शन भने औसत रह्यो । पोखराका लागि दिनेश खरेलले १६ रन बनाउँदा विदेशी खेलाडी बास डि लिड्सले १९ रन बनाए । त्यस्तै, माइकल लिस्कले २१ रन बनाउँदा किरण ठगुन्नाले १० रनको योगदान दिए ।

विराटनगरका लागि सन्दीप लामिछाने र सुवास भण्डारीले २-२ तथा जितेन्द्र मुखिया, प्रतिश जिसी र राजेश पुलामीले समान १-१ विकेट लिए ।

विदेशी खेलाडीबिना मैदानमा ब्याटिङका लागि उत्रिएको विराटनगर गतिलो ब्याटिङ गर्न सकेन । विराटनगर निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय २४ रनमा समेटिएको थियो । उसका लागि फिर्दोस अन्सारी २१ रनमा अविजित रहँदा दीपक बोहराले १९ र बसिर अहमदले १८ रन जोडेका थिए ।

पोखराका लागि सागर ढकाल र तीर्थ राज दासले २-२ विकेट लिए । शनिबारदेखि सुरु हुने एनपीएलको उद्घाटन खेलमा विराटनगरले जनकपुर बोल्ट्सको सामना गर्दै छ ।

प्रकाशित समय : १८:५६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु