global ime bank Long Banner Ad
Global IME

गृहपृष्ठ वनमन्त्रीसँग दक्षिण कोरियाका राजदूतको भेट

वनमन्त्रीसँग दक्षिण कोरियाका राजदूतको भेट

वनमन्त्रीसँग दक्षिण कोरियाका राजदूतको भेट

नेपाल सरकारका वन तथा वातावरण मन्त्री ऐनबहादुर शाही ठकुरीसँग दक्षिण कोरियाका राजदूत पार्क तेइयोङले शिष्टचार भेटवार्ता गरेका छन् ।

आज मन्त्रालयमा भएको भेटवार्तामा मन्त्री शाहीले सन् १९७४ देखि दक्षिण कोरिया र नेपालबीच सम्बन्ध कायम रहेको उल्लेख गर्दै यसप्रकारका भेटले दुई देश बीचको सम्बन्ध थप मजबुद हुँदै जाने धारणा राखे । उनले नेपालले हालै सप्पन्न कोप-२९ सम्मेलनमा कार्बन व्यापारको विषयमा उठाएको र उक्त मुद्दा सफल भएको उल्लेख गरे।

दक्षिण कोरियाले नेपालको लागि विकास निर्माणमा धेरै सहयोग गरिरहेको र आगामी दिनमा दिनमा पनि कोरियाप्रति नेपालले अझ बिकास निर्माणमा सहयोगको थप अपेक्षा गरेको मन्त्री शाहीको भनाइ थियोे ।

कानुनमा देखिएको समस्या समाधान गरी आयोजना निर्माण प्रक्रियामा बाधा अड्चन फुकाएर बिकास निर्माणलाई सरलिकरण गर्न मन्त्रालय तत्पर रहेको मन्त्री शाहीको भनाइ थियोे ।

प्रकाशित समय : १७:५७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु