काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

सिजी इलेक्ट्रोनिक्सले ल्यायो क्रम्प्टनका उत्पादन

2.86K
shares

सिजी इलेक्ट्रोनिक्सले क्रम्प्टनका जाडोयाम एप्लायन्सहरू नेपाली बजारमा ल्याएको छ। रूम हिटर, गीजर र वॉटर हीटरलगायतका यि उत्पादनले उच्च कार्यक्षमता, आधुनिक डिजाइन, र विश्वसनीयता सुनिश्चित गर्दै ग्राहकलाई सहज बनाउने कम्पनीको दाबी छ।

कम्पनीका अनुसार क्रम्प्टनका रूम हिटरले कोठालाई छिटो न्यानो बनाउने छन् । बजारमा भएका मोडेलहरूमा इन्स्टा कोजी १२००वाट, इन्स्टा काम्फी ८०० वाट, इन्स्टा कम्फर्ट २००० वाट, र इन्स्टा एयरहट २००० वाट रहेका छन्।

कम्पनीले गीजर र वॉटर हीटरहरुमा २५ लिटर क्षमता को सोलारियम क्युब आईओटी गुगल भोइस असिस्टेन्ट र एलेक्सा भोइस असिस्टेन्ट जस्ता फिचरसहित बजारमा ल्याएको छ ।

त्यस्तै २५ लिटर र १५ लिटर क्षमताको सोलारियम इभो, २५ लिटर र १५ लिटर क्षमताकै सोलारियम क्युब, १५ लिटर क्षमताकै सोलारियम क्युब प्लस रहेका छन् । ५० लिटर, २५ लिटर ,१५ लिटर र १० लिटर क्षमताको इलेक्ट्रिक गिजर अर्नो नियो, २५ र १५ लिटर लिटर क्षमताको इलेक्ट्रिक गिजर एसेन्जा, ५ लिटर ३ लिटर र १ लिटर क्षमताको र्‍यापिड जेट रहेका छन् । कम्पनीले १५०० वाट र १००० वाटका इमर्सन रड पनि उपलब्ध गराएको छ।