गृहपृष्ठ बीआरआईमा सहमति खोज्न कांग्रेस-एमालेका शीर्ष नेताहरु बालुवाटारमा
बीआरआईमा सहमति खोज्न कांग्रेस-एमालेका शीर्ष नेताहरु बालुवाटारमा

बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) मा सहमति खोज्न दुई दलका नेताहरु बालुवाटारमा छलफलमा जुटेका छन् । सत्तारुढ नेकपा एमाले र नेपाली कांग्रेसका बीचमा सहमति जुटाउन शीर्ष नेताहरूसहितको छलफल बालुवाटारमा जारी रहेको स्रोतले जानकारी दिएको छ ।
स्रोतका अनुसार छलफलमा परराष्ट्रमन्त्री आरजु राणा देउवासहित कांग्रेसका उपसभापति पूर्ण बहादुर खड्का, महामन्त्री गगन कुमार थापा सहभागी छन् । बीआरआईमा सतप्रतिशत अनुदान लिने भएमात्रै कार्यान्वयनको चरणमा जानुपर्ने कांग्रेसको अडान छ ।
प्रकाशित समय : २१:५२ बजे