गृहपृष्ठ दृष्टिविहीन टी-२० विश्वकप: पाकिस्तानसँग नेपाल १० विकेटले पराजित
दृष्टिविहीन टी-२० विश्वकप: पाकिस्तानसँग नेपाल १० विकेटले पराजित
पाकिस्तानमा जारी दृष्टिविहीन टी-२० विश्वकपअन्तर्गत बुधबार भएको खेलमा घरेलु टोलीसँग नेपाल पराजित भएको छ । समूह चरणको अन्तिम खेलमा नेपाल पाकिस्तानसँग १० विकेटले पराजित भएको हो।
पहिले ब्याटिङ गरेको नेपालले १८ ओभरमा ५ विकेट गुमाएर १ सय रन बनायो । नेपालका लागि भरत थापाले सर्वाधिक ३९ तथा नरेश चौधरीले १७ रन जोडे । नेपालले दिएको १ सय १ रनको लक्ष्य पाकिस्तानले ६ ओभर ४ बलमा कुनै विकेट नगुमाई पूरा गर्यो ।
चौथो खेलमा नेपालले दक्षिण अफ्रिकालाई पराजित गरेको थियो । आजको खेलमा पराजित भएपनि नेपालको सेमिफाइनल प्रवेशको सम्भावना भने कायमै छ ।
प्रकाशित समय : २०:५३ बजे