गृहपृष्ठ पौने दुई क्विन्टल गाँजासहित दुई जना नियन्त्रणमा
पौने दुई क्विन्टल गाँजासहित दुई जना नियन्त्रणमा

प्रहरीले बाराबाट पौने दुई क्विन्टल गाँजासहि दुई जनालाई नियन्त्रणमा लिएको छ। पक्राउ पर्नेमा एक महिला र एक पुरुष रहेका छन्।
बाराको कोल्हवी नगरपालिका–५ सोनाभार टोल बस्ने ५० वर्षीय रमोद चौधरी र सोही स्थान बस्ने दिनदयाल चौधरीकी श्रीमती ५२ वर्षीया ममतादेवी चौधरीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
दिनदयालको घरमा लागुऔषध गाँजा लुकाएर राखेको गोप्य सूचनाको आधारमा २१ वटा प्लास्टिकको पोकामा १७० किलो गाँजा बरामद भएको बारा प्रहरीका प्रवक्ता डीएसपी प्रकाश सापकोटाले जानकारी दिए।
प्रकाशित समय : १९:५३ बजे