global ime bank Long Banner Ad

गृहपृष्ठ कुथेली बुखरी स्मल हाइड्रोपावरले १० प्रतिशत लाभांश वितरण गर्ने

कुथेली बुखरी स्मल हाइड्रोपावरले १० प्रतिशत लाभांश वितरण गर्ने

कुथेली बुखरी स्मल हाइड्रोपावरले १० प्रतिशत लाभांश वितरण गर्ने

कुथेली बुखरी स्मल हाइड्रो पावर लिमिटेडले गत आर्थिक वर्ष २०८०/८१ को मुनाफाबाट १० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । मंसिर १० गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गत वर्षको मुनाफाबाट हाल कायम चुक्तापूँजीको आधारमा १० प्रतिशत बोनस शेयर वितरण गर्ने निर्णय गरेको हो ।

बोनस शेयर मात्र वितरण गर्ने निर्णय भएकाले त्यस वापत्को कर भने सम्बन्धित शेयरधनीहरुलेनै तिर्नुपर्ने देखिन्छ । हाल कम्पनीको चुक्तापूँजी १२ करोड १८ लाख ६७ हजार रुपैयाँ रहेको छ । सोही पूँजीको आधारमा १ करोड २१ लाख ८६ हजार रुपैयाँ बराबरको बोनस शेयर वितरण गर्ने तयारी कम्पनीले गरेको हो ।

कम्पनीले पहिलो पटक लाभांश वितरण गर्न लागेको हो । प्रस्तावित लाभांश विद्युत नियमन आयोगको स्वीकृतिपछि कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात् मात्र वितरण हुनेछ ।

प्रकाशित समय : १८:१५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु