कर्णाली डेभलपमेन्ट बैंकमा सेयर लगानीकर्ताको आकर्षण
वि.सं.२०८१ मंसिर १२ बुधवार १८:०४
shares

नेपाल राष्ट्र बैंकले समस्याउन्मुख घोषणा गरेको कर्णाली डेभलपमेन्ट बैंकमा लगानीकर्ताको आकर्षण देखिएको छ।
राष्ट्र बैंकले तोके बमोजिमको न्यूनतम पुँजीकोष अनुपात कायम नहुने, निष्कृय कर्जा अनुपात ४०.८५ प्रतिशत कायम हुने लगायतका कारणले समस्याउन्मुख भएको कर्णालीको सेयरमा पोजिटिभ सर्किट लागेको हो ।
बुधबार धितोपत्रको दोस्रो बजारमा कर्णालीको सेयर मूल्य ७६ रुपैयाँ ९० पैसाले बढेर ८४५ रुपैयाँ ९० पैसा पुगेको छ । दिनभर बैंकको २ लाख ५० हजार कित्ता सेयर किनबेच भएको छ । बैंकको सेयरमा कुल ११ सय ७४ कारोबार भएको छ ।
























