गृहपृष्ठ लाइफ इन्स्योरेन्स कर्पोरेशनको हकप्रद सेयरमा आजदेखि आवेदन दिन सकिने
लाइफ इन्स्योरेन्स कर्पोरेशनको हकप्रद सेयरमा आजदेखि आवेदन दिन सकिने

लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल)ले आज (बुधबार) देखि हकप्रद सेयर निष्कासन गरेको छ। कम्पनीले हाल कायम चुक्ता पुँजीको ८८.४५१६८ प्रतिशत हकप्रद सेयर निष्कासन गरेको हो।
कम्पनीले हाल कायम १ कित्ता सेयर बराबर नयाँ ०.८८४५१६८ कित्ता अनुपातमा हकप्रद सेयर निष्कासन गरेको हो। कम्पनीले २ अर्ब ३४ करोड ६८ लाख रूपैयाँ बराबरको प्रतिसेयर १०० रूपैयाँ अंकित मूल्यका २ करोड ३४ लाख ६८ हजार कित्ता हकप्रद निष्कासन गरेको हो।
यस अनुसार कात्तिक ८ गतेसम्म कायम सेयरधनीहरूले उक्त हकप्रद सेयरका लागि आवेदन दिन सक्नेछन्। सो हकप्रद सेयरमा पुस २ गतेसम्म आवेदन दिन सकिनेछ।
प्रकाशित समय : ११:४८ बजे