global ime bank Long Banner Ad
Global IME

गृहपृष्ठ धार्मिक नेता दासको पक्राउलाई लिएर बंगलादेश र भारतबीच तनाव

धार्मिक नेता दासको पक्राउलाई लिएर बंगलादेश र भारतबीच तनाव

धार्मिक नेता दासको पक्राउलाई लिएर बंगलादेश र भारतबीच तनाव

बंगलादेशमा इस्कॉनका धार्मिक नेता चिन्मय कृष्ण दासको गिरफ्तारीमा भारतीय विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा बंगलादेशले पनि प्रतिक्रिया दिएको छ ।

बंगलादेशको विदेश मन्त्रालयले भनेको छ, ‘चिन्मय कृष्ण दासको गिरफ्तारीलाई केही व्यक्तिहरूले गलत रूपमा प्रस्तुत गर्नु अत्यन्तै दुखद् कुरा हो ।’

यस्ता भनाइले तथ्यलाई गलत ढंगले प्रस्तुत गर्ने मात्र नभई दुई छिमेकी मुलुकबीचको मित्रता र आपसी समझदारीको मर्मविपरीत रहेको मन्त्रालयले जनाएको छ ।

बंगलादेश सरकारले देशको न्यायपालिका पूर्णतया स्वतन्त्र रहेको र उनीहरुको कामकारबाहीमा सरकारले हस्तक्षेप नगर्ने कुरा दोहोर्‍याएको छ । यसअघि भारतले चिन्मय प्रभुको गिरफ्तारीप्रति असन्तुष्टि जनाएको थियो ।

प्रकाशित समय : ११:३६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु