global ime bank Long Banner Ad
Global IME

गृहपृष्ठ झापामा सवारी दुर्घटनामा परी एक जनाको मृत्यु

झापामा सवारी दुर्घटनामा परी एक जनाको मृत्यु

झापामा सवारी दुर्घटनामा परी एक जनाको मृत्यु

पूर्वपश्चिम राजमार्गअन्तर्गत झापामा जिपले मोटरसाइकललाई ठक्कर दिँदा घाइते भएका चालकको ज्यान गएको छ।

शिवसताक्षी नगरपालिका-१ कमल पुलमा गएराति भएको दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक ४० वर्षीय ललितबहादुर थापाको उपचारका क्रममा बुधबार बिहान मृत्यु भएको हो।

उनी सवार मोटरसाइकललाई गएराति विपरीत दिशाबाट आएको जिपले ठक्कर दिएको थियो। जिप चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

 

प्रकाशित समय : १०:०१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु