गृहपृष्ठ सूर्य प्लाइसँग सुदूरपश्चिम रोयल्सको सम्झौता
सूर्य प्लाइसँग सुदूरपश्चिम रोयल्सको सम्झौता

नेपाल प्रिमियर लिगको फ्रेन्चाइज टोली सुदूरपश्चिम रोयल्सले मंगलबार सूर्य प्लाइसँग प्रायोजन सम्झौता गरेको छ ।
रोयल्सले स्ट्रेन्थ पार्टनरको रूपमा सूर्य प्लाइलाई लिएको हो । सूर्य प्लाईको तर्फबाट सरावागी प्लाइवुड इन्डस्ट्रिजका प्रबन्ध निर्देशक देव आनन्द सरावगी र रोयल्सका प्रमुख कार्यकारी अधिकृत प्रकाश खड्काले सम्झौतामा हस्ताक्षर गरे ।
सीईओ खड्काले रोयल्सलाई साथ दिने संस्थालाई समर्थकबाट पनि उत्तिकै साथ मिल्ने विश्वास व्यक्त गरे । उन प्लाइउड क्षेत्रमा अग्रणी रहेको सूर्य प्लाइ नम्बर एक संस्था भएको बताए प्रबन्ध निर्देशक सरावगीले नेपाली खेलकुद विकासका लागि एनपीएलले महत्त्वपूर्ण भूमिका खेल्ने र सदा सूर्य प्लाइको साथ रहने विश्वास दिलाए ।
सुदूरपश्चिम रोयल्सको मार्की खेलाडीमा सुदूरपश्चिम प्रदेशकै दिपेन्द्र सिंह ऐरी छन् । मुख्य प्रशिक्षकमा जगत टमाटा छन् ।
प्रकाशित समय : २०:३६ बजे