global ime bank Long Banner Ad
Global IME

गृहपृष्ठ लुम्बिनी बौद्ध विश्वविद्यालयको तेस्रो दीक्षान्त हुँदै

लुम्बिनी बौद्ध विश्वविद्यालयको तेस्रो दीक्षान्त हुँदै

लुम्बिनी बौद्ध विश्वविद्यालयको तेस्रो दीक्षान्त हुँदै

लुम्बिनी बौद्ध विश्वविद्यालयले २०औँ वार्षिकोत्सवको अवसरमा तेस्रो विशेष दीक्षान्त समारोह आयोजना गर्ने भएको छ । विश्वविद्यालय २०औँ वर्षमा प्रवेश गरेको अवसरमा यही मङ्सिर १४ गते विशेष दीक्षान्त समारोह आयोजना हुने आज यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

वार्षिकोत्सवको अवसरमा आयोजित तेस्रो विशेष दीक्षान्त समारोह र १७औँ सभाको बैठक प्रधानमन्त्री एवं विश्वविद्यालयका कुलपति केपी शर्मा ओलीको अध्यक्षतामा सम्पन्न हुने गरी तय भएको विश्वविद्यालयका रजिष्ट्रार डा तिलकराम आचार्यले जानकारी दिए ।

दीक्षान्त समारोहलाई बौद्ध शिक्षा, धर्म, दर्शनको विकास तथा प्रवर्द्धनमा अतुलनीय योगदान पु-याएकी भिक्षुणी धम्मावती (गणेशकुमारी शाक्य) लाई मानार्थ विद्यावारिधि उपाधि प्रदान गरिने उनले बताए । विश्वविद्यालयले पहिलो पटक मानार्थ विद्यावारिधि उपाधि प्रदान गर्न लागेको रजिष्ट्रार डा आचार्यले जानकारी दिनुभयो । विशेष दीक्षान्त समारोहमा विद्यावारिधि गरेका सात जना, स्नातकोत्तर एक सय ८६ जना, स्नातक तहका ८८ र पिजीटी आठ जना गरी दुई सय ८९ जना विद्यार्थी दीक्षित हुनेछ ।

दीक्षान्तमा प्रत्येक सङ्कायबाट स्नातक तह र स्नातकोत्तर तहमा सर्वोत्कृष्ट १३ जना विद्यार्थीलाई विश्वविद्यालय स्वर्णपदकबाट सम्मान गरिनेछ ।

समारोहमा विशेष अतिथिका रूपमा म्यानमारका भिक्षु सितगो सायडोकोलगायत विशिष्ट व्यक्तिको सहभागिता रहने विश्वविद्यालय उपकुलपति प्रा डा सुवर्णलाल बज्राचार्यले जानकारी दिए ।

प्रकाशित समय : १९:१२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु