गृहपृष्ठ क्यानडा र चीनमाथि थप कर लगाउने ट्रम्पको घोषणा
क्यानडा र चीनमाथि थप कर लगाउने ट्रम्पको घोषणा
अमेरिकाको राष्ट्रपतिमा निर्वाचित डोनाल्ड ट्रम्पले कार्यकाल सुरु भएसँगै चीन, मेक्सिको र क्यानडामाथि नयाँ कर लगाउने बताएका छन्। ट्रम्पले जनवरी २० मा राष्ट्रपतिको सपथ लिँदैछन्। कार्यकाल सुरु भएको पहिलो दिनमै यी ३ देशमाथि कर लगाउने ट्रम्पले घोषणा गरेका हुन्।
मेक्सिको र क्यानडाबाट आयात हुने सामानमा २० प्रतिशत कर लगाउने निर्णयमा हस्ताक्षर गर्ने ट्रम्पले बताएका छन्। यस्तै, चीनबाट आयात हुने सामानमा थप १० प्रतिशत कर लगाउने निर्णयमा पनि हस्ताक्षर गर्ने उनले घोषणा गरेका छन्।
मेक्सिको र क्यानडाबाट गैरकानुनीरुपमा आप्रवासीसँगै लागू औषध भित्रिरहेको ट्रम्पको दाबी छ। यो अवस्थालाई रोक्न दुवै देशले काम नगरेसम्म सामान आयातमा कर लागू रहिरहने ट्रम्पको भनाइ छ।
प्रकाशित समय : ११:०६ बजे