global ime bank Long Banner Ad
Global IME

गृहपृष्ठ जापान सरकारको सहयोगमा छात्रावास भवन निर्माण

जापान सरकारको सहयोगमा छात्रावास भवन निर्माण

जापान सरकारको सहयोगमा छात्रावास भवन निर्माण

जापान सरकारको सहयोगमा निर्मित छात्रावास भवन विद्यालयलाई हस्तान्तरण गरिएको छ ।

नेपालका लागि जापानी राजदूत किकुता यूताकाले ललितपुरको बागमती गाउँपालिका–२ माल्टाको कालीदेवी माध्यमिक विद्यालयमा नवनिर्मित सुविधा सम्पन्न छात्रावास भवन आज विद्यालय व्यवस्थापन समितिलाई हस्तान्तरण गरेका हुन ।

जापान सरकारको ‘ग्रासरूट ह्युमान सेक्युरिटी प्रोजेक्टर’ (सीजीपी) अन्तर्गत दुई करोड पाँच लाख लागतमा सुविधा सम्पन्न छात्रावास निर्माण गरिएको राजदूत युताकाले बताइन । छात्रावास हस्तान्तरण गर्दै राजदूत यूताकाले छात्रावास निर्माणमा सङ्लग्न सबैको प्रशंसा गरिन। उनले छात्रावास निर्माण भइसकेपछि लामो दुरी तय गरेर विद्यालय आउनुपर्ने बाध्यता अन्त्य हुने विश्वास व्यक्त गरिन ।

“यो छात्रावास भवन निर्माण सम्पन्न गरेर हस्तान्तरण गर्न पाएकोमा म ज्यादै हर्सित छु, यसले यहाँका विद्यार्थीहरुको सुन्दर भविष्य निर्माणका लागि महत्वपूर्ण भूमिका खेल्नेछ भन्ने मेरो विश्वास छ”, राजदूत यूताकाले भनिन । उनले भूकम्पपछि क्षतिग्रस्त विद्यालयको कक्षा कोठा जापान सरकारको सहयोगमा पुनःनिर्माण गरिएको उल्लेख गरिन।

बागमती गाउँपालिका उपाध्यक्ष भक्तबहादुर दर्लामीले जापान सरकार र राजदूतावासले पु(याएको योगदान चीरस्मरणीय हुने बताए । उनले विद्यालयको भौतिक विकास र विद्यार्थीको शैक्षिक गुणस्तर सुधार्न पालिकाबाट हरसम्भव सहयोग र समन्वय गर्ने प्रतिबद्धता जनाए । विद्यालयका प्रधानाध्यापक महेशकुमार घिमिरेले टाढाबाट आउनुपर्दा विद्यार्थीहरु बीचमै पढाइ छाड्ने अवस्था आउने तथा छात्राहरु असुरक्षित भएको अवस्थालाई समाधान गर्न विद्यालयले अघि सारेको छात्रावास परियोजनालाई सफल र सार्थक बनाउन जापान सरकार र राजदूतावासले गरेको सहयोगको प्रशंसा गरे।

यस विद्यालयले कक्षा १२ मा शतप्रतिशत विद्यार्थी उत्तीर्ण गराउन सफल भएको छ । प्रधानाध्यापक घिमिरेका अनुसार हाल विद्यालयमा एक सय ७८ छात्र र एक सय ७१ छात्रा गरी कूल तीन सय ४९ विद्यार्थी अध्ययनरत छन् । विसं २०१९ मा स्थापना भएको विद्यालयमा कूल २१ शिक्षक तथा कर्मचारी सेवारत छन् ।

प्रकाशित समय : २०:४८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु