global ime bank Long Banner Ad
Global IME

गृहपृष्ठ लुम्बिनीमा सिँचाइ आधुनिकीकरण वृद्धि परियोजना सञ्चालन गरिने

लुम्बिनीमा सिँचाइ आधुनिकीकरण वृद्धि परियोजना सञ्चालन गरिने

लुम्बिनीमा सिँचाइ आधुनिकीकरण वृद्धि परियोजना सञ्चालन गरिने

लुम्बिनी प्रदेशमा सिँचाइ अभिवृद्धिका लागि नयाँ आयोजना सञ्चालन गरिने भएको छ ।

लुम्बिनी प्रदेश मन्त्रिपरिषद्को आज बसेको बैठकले एसियाली विकास बैंकको सहुलियतपूर्ण ऋण सहयोगमा सञ्चालन हुने सिँचाइ आधुनिकीकरण वृद्धि परियोजना सम्झौता पत्रमा हस्ताक्षर गर्ने निर्णय गरेको छ ।

बैठकले परियोजना सम्झौता गर्न सहमति प्रदान गर्ने र हस्ताक्षरका लागि कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयका सचिवलाई प्रदेशका तर्फबाट आधिकारीक प्रतिनिधि तोक्ने निर्णय गरेको सरकारका प्रवक्ता तथा कृषि, भूमि व्यवस्था तथा सहकारीमन्त्री दिनेश पन्थीले जानकारी दिए। “उत्पादन र उत्पादकत्व वृद्धि गर्न, सुक्खा ठाउँमा सिँचाइ बढाउन यो परियोजनाले मद्दत गर्ने छ”, प्रवक्ता पन्थिले भने, “प्रदेशको आर्थिक विकासमा परियोजनाले योगदान पु-याउने छ ।”

परियोजनाले किसानलाई व्यवस्थित सिँचाइ प्रणालीमार्फत कृषिको उत्पादकत्व र नाफामा वृद्धि गर्दै जलवायु उत्थानशिलतामा सुधार गर्ने, सिँचाइको आधुनिकीकरण र एकीकृत बाली तथा जल व्यवस्थापनलाई संस्थागत गर्ने उद्देश्य राखिएको छ ।

व्यवस्थित सिँचाइ प्रणालीमार्फत कृषि क्षेत्रको उत्पादकत्व र नाफामा वृद्धि गर्दै जलवायु उत्थानशीलता सुधार गर्न पाल्पास्थित रामपुर नगरपालिकाको वडा नं. ६, ८ र १० मा कार्यक्रम केन्द्रित गर्ने र रम्भा गाउँपालिकाको वडा नं. १ मा बुटवलबाट पहाडी लिफ्ट सिँचाइ उपआयोजना निर्माण गर्ने प्रस्ताव गरिएको छ ।

प्रकाशित समय : २०:२८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु