गृहपृष्ठ साहित्यकार डा शर्मा र साहित्यिक संस्था चिया कविता देवकोटालाई लुसुन प्रज्ञा पुरस्कार
साहित्यकार डा शर्मा र साहित्यिक संस्था चिया कविता देवकोटालाई लुसुन प्रज्ञा पुरस्कार

देवकोटा लुसुन प्रज्ञा पुरस्कार साहित्यकार डा गोमादेवी शर्मा अधिकारी र साहित्यिक संस्था, चिया कवितालाई संयुक्त रुपमा प्रदान गरिने भएको छ ।
देवकोटा–लुसुन प्रज्ञा प्रतिष्ठान काठमाडौंले यस वर्षको देवकोटा–लुसुन प्रज्ञा पुरस्कार मणिपुर भारतका साहित्यकार डा शर्मा र सिक्किमको साहित्यिक संस्था, चिया कवितालाई संयुक्त रुपमा प्रदान गर्ने निर्णय गरेको हो ।
प्रतिष्ठानका अध्यक्ष सुनीलकुमार पौड्यालको अध्यक्षतामा बसेको कार्यसमितिको बैठकले उक्त निर्णय गरेको महासचिव सीता शर्माले जानकारी दिए। पुरस्कारको राशि ५० हजार रहेको छ । पुरस्कृत डा शर्मा हिन्दी नेपाली साहित्य लेखन, अनुवाद र पाठ्यक्रम निर्माणमा संलग्न छन् । उनि तेजपुर विश्वविद्यालयका सहायक प्राध्यापकछन् ।
चिया कविता संस्थाले स्वदेश र विदेशमा साहित्यिक यात्रा गरी नेपाली साहित्यको विकासमा योगदान दिएको भन्दै प्रतिष्ठानले पुरस्कृत गर्ने निर्णय गरेको हो । प्रतिष्ठानका महासचिव शर्माकाअनुसार आगामी फागुनमा भारतको सिक्किममा हुने विशेष समारोहमा प्रतिष्ठानले उक्त पुरस्कार प्रदान गर्नेछ ।
प्रकाशित समय : २०:१९ बजे