गृहपृष्ठ ब्ल्याक शार्कका उत्पादन नेपालमा उपलब्ध हुँदै
ब्ल्याक शार्कका उत्पादन नेपालमा उपलब्ध हुँदै
विश्व प्रसिद्ध गेमिङ एसेसरिज ब्रान्ड ब्ल्याकशार्क नेपाल भित्रिने अन्तिमतयारीमा रहेको छ । आगामी नोभेम्बर २६ अर्थात मंसिर ११ गते सो ब्रान्डका एसेसरिज औपचारिक रुपमा नेपाली बजारमा उपलब्ध भएको घोषणा गरिने छ ।
नेपालको प्रमुख इलेक्ट्रोनिक्स तथाग्याजेट मार्केट प्लेस मोबाइलमान्डुले ब्ल्याकशार्क गेमिङ एसेसरिजको विशेष लन्चगर्ने योजनाबनाएको छ ।
आगामी नोभेम्बर २६ देखि डिसेम्बर २ अर्थात मंसिर ११ देखि १७गते सम्म गेमिङ र हेल्थतथाप्रविधिमाचासो राख्ने ग्राहकले सो ब्रान्डका उच्च गुणस्तरीय स्मार्टवाच र इयरबडको वारेमाजानकारी लिन र प्रयोग गर्न सक्ने छन् । दराज र मोबाइलमान्डुको प्ल्याटफर्मबाट यी सामग्रीखरिद गर्न सकिने छ ।
ब्ल्याकशार्कको नेपालीबजारमा औपचारिक लन्चको अवसरमा सीमित समयकालागि आकर्षक छुट र अन्यविभिन्नअफर समेत उपलब्ध गराइने छ । प्रिमियम एसेसरिजलाई अझ सबैको पहुँचयोग्य बनाउनका लागि सीमित समयका लागि ५० प्रतिशत छुट अफर उपलब्धहुनेछ ।
त्यसैगरी पहिलो ५० ग्राहकले जीटी३ नियो स्मार्टवाच र टी९ इयरबडमा विशेष छुट प्राप्तगर्नेछन् । यीवाहेक शुरुमै एसेसरिज किन्ने ग्राहकलाई ग्याजेटको अनुभवमज्जाले लिन र ब्रान्ड भ्याल्यु बुझाउन सहजताका लागि स्पेसल गिफ्ट ह्याम्पर समेत प्रदानगरिने छ ।
सहभागीहरुमा उत्साह प्रदानगर्न र पुरस्कृत गर्नका लागि एक ग्रान्ड गिभअवे कार्यक्रमगरिने छ र यसमाविभिन्नभाग्यशालीग्राहकलाई ५० हजार रुपैयाँमूल्यको ब्ल्याकशार्क प्रोडक्ट उपलब्ध गराइने छ । मोबाइलमान्डुले हालपहिलो चरणमा विभिन्नमोडलका स्मार्टवाच र इयरबड बिक्रीकालागिउपलब्ध गराउने छ ।
७ देखि २१ दिन सम्मको ब्याट्री लाइफ भएकायी स्मार्टवाच गेमिङमाप्रयोग गर्न सकिन्छ । यो वाहेक स्पोर्ट्स र हेल्थ चेकअपकालागि समेत विशेष उपयोगीहुनेछन् । त्यसैगरी इयरबडको ब्याट्री लाइफ ४० घण्टा सम्म रहेको छ । मोबाइलमान्डु र दराजको सोसल मिडिया प्ल्याटफर्मबाट यी सामग्रीखरिद गर्न सकिने छ ।
हाई पर्फमेन्स गेमिङ एक्सपेरियन्स प्रदानगर्नका लागि ब्ल्याकशार्कले विभिन्न डिभाइस, एसेसरिज र सफ्टवेयर उत्पादनगर्दै आएको छ । सन् २०१७माविश्व प्रसिद्ध स्मार्टफोन निर्माता कम्पनी शाओमीको सहायक कम्पनीको रुपमा स्थापना भएको भएतापनिहाल यो कम्पनी स्वतन्त्र रुपमा क्रियाशील छ । ब्ल्याकशार्कका उत्पादन विश्वमै लोकप्रिय मानिन्छ ।
प्रकाशित समय : १२:१२ बजे