गृहपृष्ठ एकैदिन सुनभाउ तोलामा १ हजार ७ सय रुपैयाँले बढ्यो
एकैदिन सुनभाउ तोलामा १ हजार ७ सय रुपैयाँले बढ्यो

सुनको भाउ फेरी निरन्तर बढ्न थालेको छ । सुन आज एकैदिन तोलामा एक हजार सात सय रुपैयाँ बढेको छ । भाउ बढेर सुन आज तोलाको एक लाख ६७ हजार दुई सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यसअघि अस्ति शुक्रवार सुनको भाउ तोलाको एक लाख ६५ हजार पाँच सय रुपैयाँ रहेको थियो । शुक्रवार पनि सुनको भाउ तोलामा एक हजार पाँच सय रुपैयाँले बढेको थियो । अघिल्लो महिना अन्तिम हप्ता लगातार घटेर तोलाको एक लाख ६० हजार रुपैयाँमा झरेको सुन मंसिर लागेसँगै फेरी निरन्तर बढेको हो ।
यस्तै आज चाँदीको भाउ पनि बढेको छ । चाँदी तोलामा २० रुपैयाँले बढेर एक हजार नौ सय ६० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।
प्रकाशित समय : ११:१७ बजे