global ime bank Long Banner Ad

गृहपृष्ठ हुम्लामा राष्ट्रिय खोप कार्यक्रम

हुम्लामा राष्ट्रिय खोप कार्यक्रम

हुम्लामा राष्ट्रिय खोप कार्यक्रम

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयअन्तर्गत स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखा निर्देशन अनुसार हुम्लामा राष्ट्रिय खोप कार्यक्रम सञ्चालन भएको छ । यही मङ्सिर ६ गतेदेखि सुरु भएको कार्यक्रम मङ्सिर १६ गतेसम्म सञ्चालन हुनेछ ।

कार्यक्रममा जिल्लाका १२ वर्ष उमेर माथिका, खोप लगाउन छुटेकालाई जनस्वास्थ्य कार्यालय र गाउँपालिकाका स्वास्थ्यकर्मी वडावडामा गएर खोप लगाउने जिल्लास्थित जनस्वास्थ्य सेवा कार्यालयका अहेव राजु रावतले जानकारी दिनुभयो । तीन जना स्वास्थ्यकर्मीसहित प्रत्येक वडामा स्वयम्सेविका परिचालन गरिएको उनले बताए।

हवाई टिकट नपाउँदा यात्रु अलपत्र

जिल्लामा बाहिरबाट आएका कर्मचारी तथा विद्यार्थीहरु हवाई टिकट नपाएपछि सिमकोट उड्डयन कार्यालयमा अलपत्र परेका छन् । सीता एयरलाइन्सले तीन उडान गरे पनि चाडपर्वमा गृह जिल्ला आएकाहरु गन्तव्यतर्फ फर्कन थालेपछि हवाई टिकट अभाव भएको हो ।

नाम्खा गाउँपालिका–६ यारी घर भई उपचारका लागि काठमाडौँ जान लाग्नुभएका रिङ्जिन लामाले सात दिनसम्म कुर्दा पनि टिकट नपाएको गुनासो गरे ।

प्रकाशित समय : ०८:१४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु