global ime bank Long Banner Ad

गृहपृष्ठ ‘कृषिमा आधुनिकीकरण गर्नु आजको आवश्यकता हो’

‘कृषिमा आधुनिकीकरण गर्नु आजको आवश्यकता हो’

‘कृषिमा आधुनिकीकरण गर्नु आजको आवश्यकता हो’

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले कृषिमा आधुनिकीकरण गर्दै उत्पादन र उत्पादकत्व बढाउनेतर्फ सबै केन्द्रित हुनुपर्ने बताएको छ ।

शुक्रबार कैलालीको घोडाघोडी नगरपालिका–२ साँडेपानीमा आयोजित आमसभामा अध्यक्ष लिङ्देनले देश बनाउने अभियानमा सबै लाग्नुपर्ने भन्दै नेपाल कृषिप्रधान मुलुक भएकाले कृषिमा आधुनिकीकरण गरी आर्थिक समृद्धि हासिल गर्नु आजको आवश्यकता रहेको बताए ।

विकासका थुप्रै सम्भावना हुँदाहुँदै देशको विकास हुन नसकेको बताउँदै अध्यक्ष लिङ्देनले भने, “हामीसँग थुप्रै प्राकृतिक स्रोत साधनहरू छन् जसको सदुपयोग हुन सकेको छैन ।” हाइड्रोजनमा परिवर्तन गरी बिजुली बिक्री गरेर आम्दानी गर्न सकिने उहाको भनाइ थियो । विकसित हुँदै गरेको सूचना प्रविधिको अधिकतम प्रयोग गरी कृषि, उद्योग, वाणिज्यलगायत क्षेत्रमा फड्को मार्न सकिने धारणा राखे ।

पर्यटकीय गन्तव्यको प्रवर्द्धन गदै पर्यटनका माध्यमबाट मुलुकको विकास गर्न सकिने अध्यक्ष लिङ्देनले बताए। “नेपाल बौद्ध र हिन्दू धर्मको उद्गमथलो भएकाले धार्मिक पर्यटनका माध्यमबाट विकास गर्न, नागरिकको जीवनस्तार उकास्न सकिन्छ । यसका लागि नीति र योजना आवश्यक पर्छन्”, उनले भने ।

राप्रपाका प्रवक्ता ज्ञानेन्द्र शाहीले कृषिप्रधान देशमा बिचौलियाको जङ्गलमा किसान फसेका भन्दै सबैको सहकार्य र समन्वयबाट वास्तविक किसानलाई बिचौलियाहरूबाट बचाउनुपर्ने धारणा राखे। “बिचौलियाले किसानबाट कृषिउपज सस्तोमा किन्छन् महँगोमा बेच्छन्”, “कृषकहरूभन्दा धेरै फाइदा बिचौलियाले लिइरहेका हुन्छन् । यस्तो अवस्थाको अन्त्य गर्न सबैको साथ र सहयोग आवश्यक पर्दछ ।”

स्थानीय कृषकको उत्पादनलाई बजारीकरण गर्न आफ्नो पार्टी लागिपरेको प्रवक्ता शाहीले भनाइ थियो । कृषिबाट देश कसरी समृद्धि बन्छ भन्ने कुरा इजरायलबाट सिक्नुपर्ने बताए । आमसभामा पार्टीका वरिष्ठ उपाध्यक्ष विक्रम पाण्डेसहित अन्य वक्ताले पनि सम्बोधन गरेको थियो ।

प्रकाशित समय : ०५:३१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु