global ime bank Long Banner Ad

गृहपृष्ठ आन्तरिक राजस्व कार्यालयमा निःशुल्क करदाता सहायता कक्ष

आन्तरिक राजस्व कार्यालयमा निःशुल्क करदाता सहायता कक्ष

आन्तरिक राजस्व कार्यालयमा निःशुल्क करदाता सहायता कक्ष

आन्तरिक राजस्व कार्यालय भरतपुर परिसरमा निःशुल्क करदाता सहायता कक्ष स्थापना गरिएको छ । उद्योग वाणिज्य सङ्घ चितवनले जिआइजेडको सहयोगमा कक्ष स्थापना गरेको हो ।

कक्षको शुक्रबार एक कार्यक्रमबीच उद्घाटन गरिएको छ । जिआइजेड नेपालका राष्ट्रिय प्रतिनिधि पाउलिना क्याम्पोस मोन्ट्रेरस, चितवनका प्रमुख जिल्ला अधिकारी प्रकाश पौडेल, आन्तरिक राजस्व कार्यालयका प्रमुख पुण्यविक्रम खड्का र उद्योग वाणिज्य सङ्घ चितवनका अध्यक्ष सुमनकुमार श्रेष्ठले संयुक्त रुपमा उद्घाटन गरेको हो ।

सो अवसरमा जिआइजेडका प्रतिनिधिहरु, उद्योगी व्यवसायी, लेखासँग सम्बन्धित विभिन्न व्यक्तिको उपस्थिति थियो । सङ्घका अध्यक्ष श्रेष्ठले कक्षमा कम्प्युटर, प्रिन्टर, डिस्प्ले बोर्डलगायत सामग्रीसहित सङ्घले एकजना कर्मचारीको व्यवस्था गरेको छ । ती कर्मचारीमार्फत करदाताहरुलाई दर्ता, नवीकरण, करचुक्ता, कर शिक्षा–परामर्श लगायतका सेवा दिइनेछ ।

कार्यालयका प्रमुख खड्काले यस कार्यालयअन्तर्गत ७४ हजार करदाता रहेको भन्दै सेवाग्राहीको सहजीकरणका लागि कक्ष प्रभावकारी बन्ने बताए ।

प्रकाशित समय : ०५:१८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु