global ime bank Long Banner Ad

गृहपृष्ठ इन्जुरी समयमा पाएको पेनाल्टी सदुपयोग गरेसँगै स्विट्जरल्यान्डविरुद्ध स्पेनको जित

इन्जुरी समयमा पाएको पेनाल्टी सदुपयोग गरेसँगै स्विट्जरल्यान्डविरुद्ध स्पेनको जित

इन्जुरी समयमा पाएको पेनाल्टी सदुपयोग गरेसँगै स्विट्जरल्यान्डविरुद्ध स्पेनको जित

स्पेनले नेसन्स लिगमा स्विट्जरल्याण्डलाई पराजित ३-२ गोल पराजित गर्ने क्रममा इन्जुरी समयमा निर्णायक गोल गरेको छ।

समूह ए-४ मा स्पेन शीर्ष स्थानमा रहदा स्विट्जरल्यान्ड पुछारमा छ। येरेमी पिनोले ३२ औं मिनेटमा रिबाउन्डमा स्पेनका लागि पहिलो गोल गरे। स्विसका लागि जोएल मोन्टेइरोले ६३औं मिनेटमा बराबरी गरे पनि पाँच मिनेटपछि ब्रायन गिलले गोल गर्दै स्पेनलाई अग्रता दिलाएका थिए ।

पाँच मिनेट बाँकी रहँदा एन्डी जेकिरीले पेनाल्टीमा गोल गर्दै खेललाई २–२ को बराबरी बनाए पनि थपिएको समयको तेस्रो मिनेटमा ब्रायन जरागोजाले गोल गर्दै स्पेनलाई सफलता दिलाए।

सर्बियासँग गोलरहित बराबरी खेल्दै डेनमार्क युरोपियन च्याम्पियन स्पेनसँगै क्वाटरफाइनलमा प्रवेश गरेको छ । दोस्रो स्थानमा रहन जित आवश्यक रहेको आयोजक सर्बियाले गोल नगरे पनि २२ शट लगाएको थियो।

प्रकाशित समय : १२:१४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु