global ime bank Long Banner Ad
Global IME

गृहपृष्ठ विशङ्खुनारायणमा सुविधा सम्पन्न प्रशासनिक भवन शिलान्यास

विशङ्खुनारायणमा सुविधा सम्पन्न प्रशासनिक भवन शिलान्यास

विशङ्खुनारायणमा सुविधा सम्पन्न प्रशासनिक भवन शिलान्यास

गोदावरी नगरपालिका-२ विशङ्खुनारायणमा सुविधा सम्पन्न प्रशासनिक भवन निर्माणको शिलान्यास गरिएको छ । जिल्ला समन्वय समिति (जिसस) ललितपुरको ६० प्रतिशत र गोदावरी नगरपालिकाको ४० प्रतिशत लागतमा निर्माण हुने गरी समन्वय समितिका प्रमुख ऋषिदेव फूँयालले आज भवनको शिलान्यास गरेका छन् ।

प्रमुख फूँयालका अनुसार समन्वय समिति ललितपुरको ७५ लाख र गोदावरी नगरपालिकाको ५० लाखसहित हाल एक करोड २५ लाख रुपैयाँ विनियोजन भएको छ । उहाँले सही ढंगले बजेट कार्यान्वयनमा जनप्रतिनिधि र कर्मचारीको भूमिका हुनेछ भन्ने विश्वास व्यक्त गरे ।

गोदावरी नगरप्रमुख गजेन्द्र महर्जनले गुणस्तरमा कमजोरी नगरी समयमै भवन निर्माण सम्पन्न गर्न आग्रह गरे । “निर्धारित समयभित्रै काम सम्पन्न हुनेछ भन्ने विश्वास छ, यो भवन निर्माणसँगै सेवा प्रवाहमा नागरिकलाई सहजता मिल्नेछ,” उनले भने ।

वडा नं २ का अध्यक्ष मनोहर सिलवालले विकास निर्माणका क्रममा सबैसँग हातेमालो गर्दै अगाडि बढ्ने बताउँदै शिलान्यास भएको भवन छिटो निर्माण सम्पन्न गरेर स्थानीयलाई सेवा प्रवाह गर्ने विश्वास दिलाए ।

प्रकाशित समय : २१:५३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु