global ime bank Long Banner Ad
Global IME

गृहपृष्ठ उपनिर्वाचनका लागि उम्मेदवारी दिएका दुई उम्मेदवारले दिए एक अर्काविरुद्ध उजुरी

उपनिर्वाचनका लागि उम्मेदवारी दिएका दुई उम्मेदवारले दिए एक अर्काविरुद्ध उजुरी

उपनिर्वाचनका लागि उम्मेदवारी दिएका दुई उम्मेदवारले दिए एक अर्काविरुद्ध उजुरी

आगामी मंसिर १६ गतेका लागि तय भएको स्थानीय तहको उपनिर्वाचनमा उम्मेदवारी दिएका ४०६ जना उम्मेदवारमध्ये २ जना उम्मेदवारविरुद्ध मात्रै उजुरी परेको छ ।

निर्वाचन आयोगका अनुसार रुकुम पश्चिमको सानीभेरी गाउँपालिका वडा नम्बर ५ मा उम्मेदवारी दिएका २ जना वडा अध्यक्ष एक अर्का विरुद्ध आफैले उजुरी दिएका हुन् ।

उक्त वडा अध्यक्षका लागि नेकपा (माओवादी केन्द्र)बाट उम्मेदवारी दिएका जसिराम बस्नेत र नेपाली काँग्रेस विरुद्ध उम्मेदवारी दिएका मोतीराम खत्रीले एक अर्का विरुद्ध निर्वाचन अधिकृतको कार्यालयमा उजुरी दिएको आयोगले जनाएको छ ।

उक्त वडाको रिक्त रहेको वडा अध्यक्षका लागि ४ जनाले उम्मेदवारी दिएका छन् । यी दुई बाहेक नेकपा (एकीकृत समाजवादी)बाट हंशराज पुरी र बिरबहादुर बस्नेतले स्वतन्त्र उम्मेदवारी दिएका छन् ।

प्रकाशित समय : २१:२७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु