global ime bank Long Banner Ad
Global IME

गृहपृष्ठ तीन महिनामा नेपाली बीमा अभिकर्ताले बुझे तीन अर्ब २४ करोड

तीन महिनामा नेपाली बीमा अभिकर्ताले बुझे तीन अर्ब २४ करोड

तीन महिनामा नेपाली बीमा अभिकर्ताले बुझे तीन अर्ब २४ करोड

चालु आर्थिक वर्षको प्रथम त्रैमाससम्मको अवधिमा जीवन बीमा कम्पनीका अभिकर्ताहरुले पाउने कमिसन सामान्य अंकले बढेको छ । कम्पनीका अभिकर्ताहरु सक्रिय भई बीमा व्यवसाय भित्रीएसँगै अभिकर्ता कमिसनमा पनि सुधार आएको हो ।

यस अवधिमा जीवन बीमा कम्पनीहरुले आफ्ना अभिकर्ताहरुलाई तीन अर्ब २४ करोड ९६ लाख रुपैयाँ कमिसन बापत भुक्तानी गरेका छन् । जुन गत आर्थिक वर्षको साही अवधिको तुलनामा २.२४ प्रशित मात्र बढी हो । गत आवमा कम्पनीहरुले तीन अर्ब १७ करोड रुपैयाँ कमिसन भुक्तानी गरेका थिए ।

जीवन बीमा क्षेत्रमा आफ्नो भविष्य सजाइरहेका लाखौँ अभिकर्ताहरुको प्रमुख आम्दानीको स्रोत नै अभिकर्ता कमिसन हो । गाउँ समाज तथा विभिन्न बस्तीहरुमा गएर, नागरिकहरुको बीमा गरी उनीहरुको जीवनमा आइपर्ने समस्यालाई मध्यनजर गर्दै जीवन रक्षावरण गर्न अभिकर्ताहरुको महत्वपूर्ण भुमिका रहेको हुन्छ । नेपाली जीवन बीमा कम्पनीहरुमा पनि लाखौं व्यवसायीक अभिकर्ताहरु सक्रिय रहेका छन् ।

समीक्षा अवधिमा नेपाल लाइफ इन्स्योरेन्सले सबैभन्दा बढी रकम अभिकर्ताहरुलाई भुक्तानी गरेको छ भने, गत आर्थिक वर्षको तुलनामा सन नेपाल लाइफको अभिकर्ता कमिसन सबैभन्दा बढी अंकले बृद्धि भएको छ ।

तीन महिनामा नेपाल लाइफले आफ्ना अभिकर्ताहरुलाई ८७ करोड १२ लाख रुपैयाँ कमिसन भुक्तानी गरेको छ । कम्पनीका अभिकर्ताहरुले मिहिनेत र परिश्रम गरी व्यवसाय ल्याएपश्चात विभिन्न निती नियममा रही उक्त रकम भुक्तानी गरिएको हो ।

त्यस्तै, दोस्रो स्थानमा नेशनल लाइफ इन्स्योरेन्स रहेको छ । कम्पनीले यस अवधिमा आफ्ना अभिकर्ताहरुलाई ४२ करोड ६१ लाख रुपैयाँ बराबरको रकम भुक्तानी गरेको छ । हिमालयन लाइफ इन्स्योरेन्सले आफ्ना अभिकर्ताहरुलाई दिने कमिसनमा सामान्य गिरावट आएको छ । कम्पनीले यस अवधिमा कमिसन बापत ३४ करोड ३२ लाख रुपैयाँ वितरण गरेको छ ।

एलआइसी नेपालले २८ करोड ७३ लाख रुपैयाँ, सूर्यज्योति लाइफले २२ करोड ६८ लाख रुपैयाँ, एशियन लाइफले १७ करोड १९ लाख रुपैयाँ, सिटिजन लाइफले १६ करोड ६९ लाख रुपैयाँ, सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले १४ करोड ९९ लाख रुपैयाँ र रिलायबल नेपाल लाइफले १२ करोड ५५ लाख रुपैयाँ अभिकर्ता कमिसन बापत वितरण गरेको छ ।

त्यस्तै, समीक्षा अवधिमा मेट लाइफले ११ करोड ९४ लाख रुपैयाँ, प्रभु महालक्ष्मी लाइफले ११ करोड ३९ लाख रुपैयाँ, आइएमई लाइफ इन्स्योरेन्सले १० करोड ८३ लाख रुपैयाँ। सन नेपाल लाइफले आठ करोड ९९ लाख रुपैयाँ र सरकारी स्वामित्व रहेको राष्ट्रिय जीवन बीमा कम्पनीले चार करोड ८६ लाख रुपैयाँ अभिकर्ता कमिसन बापत वितरण गरेको छ ।

अभिकर्ता कमिसन बृद्धि हुनुको मतलब् कम्पनीमा लक्ष्य अनुसारको व्यवसाय आर्जन भई रहेको छ । गत आर्थिक वर्षको तुलनामा सन नेपाल लाइफ इन्स्योरेन्सको अभिकर्ता कमिसन ११.९९ प्रतिशतले बढेको छ । जुन सबैभन्दा बढी हो ।

दोस्रो स्थानमा रहेको नेशनल लाइफ इन्स्योरेन्सको अभिकर्ता कमिसन ९.३५ प्रतिशतले बृद्धि भएको छ । साथै, सूर्यज्योति लाइफ इन्स्योरेन्सको ६.६४ प्रतिशत, नेपाल लाइफको ६.४० प्रतिशत र रिलायबल नेपाल लाइफ र सिटिजन लाइफको ५ प्रतिशतले अभिकर्ता कमिसन बृद्धि भएको छ ।

प्रकाशित समय : २०:३० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु