global ime bank Long Banner Ad
Global IME

गृहपृष्ठ गरिमा विकास बैंकले १८औं वार्षिकोत्सवमा “Garima Road Race Competition -2081” आयोजना गरिने 

गरिमा विकास बैंकले १८औं वार्षिकोत्सवमा “Garima Road Race Competition -2081” आयोजना गरिने 

गरिमा विकास बैंकले १८औं वार्षिकोत्सवमा “Garima Road Race Competition -2081” आयोजना गरिने 

गरिमा विकास बैंक लिमिटेडले १८औं वार्षिकोत्सवको अवसरमा “Garima Road Race Competition -2081” आयोजना गर्ने भएको छ । बैंकले खुल्लातर्फ १० किलोमिटर र कर्पोरेट तर्फ ५ किलोमिटर दुरीको Road Race Competition -2081 आयोजना गर्नेे छ । महिला र पुरुषतर्फ गरी चार प्रतिस्पर्धा रहने छ ।
खुल्लातर्फे १० किलोमिटरमा इच्छुक व्यक्तिले प्रतिस्पर्धामा सहभागिता लिन सक्नेछ भने कर्पोरेट तर्फको ५ किलोमिटरमा संघ संस्थाका कर्मचारी तथा पदाधिकारीहरुले मात्र सहभागिता लिन पाउने छ ।

महिला र पुरुषतर्फको गरी चारवटै प्रतिश्पर्धामा प्रथम, दोश्रो, तेश्रो, चौथो र पाँचौ स्थान हाँसिल गर्ने प्रतिस्पर्धीहरुलाई क्रमशः ७५,०००/–, ६०,००/–, ४५,०००/–, ३०,०००/– र १५,०००/– नगद पुरस्कार प्रदान गरिने छ ।

सहभागिता जनाउन इच्छुक व्यक्तिले  मंसिर ५ गतेसम्ममा विकास बैंकको आधिकारिक वेभसाईट  www.garimabank.com.np  तथा आधिकारिक फेसबुक पेजमा वा विकास बैंकको केन्द्रीय कार्यालय लाजिम्पाट काठमाण्डौंमा सम्पर्क गरी नाम दर्ता गराउन सकिनेछ । संख्या पुरा भए नाम दर्ता प्रक्रिया बन्द गर्नेछ । साथै, प्रत्येक बर्ष यस किसिमको प्रतिस्पर्धा आयोजना गर्ने विकास बैंकको योजना रहेको छ ।

मंसिर ७ गते १८औं वार्षिकोत्सव मनाउन गईरहेको विकास बैंकले सो अवसरमा काठमाण्डौं  सहित देशभर १८ वटा फरक–फरक कार्यक्रहरु समेत आयोजना गर्दैछ । विकास बैंकले विगत केही वर्षयता आफ्नो वार्षिकोत्सव कार्यक्रममा देशका सातवटै प्रदेशमा संस्थागत सामाजिक उत्तरदायित्वमुलक कार्यक्रहरुसंगै अन्य विभिन्न कार्यक्रमहरु आयोजना गरी वार्षिकोत्सव मनाउदैं आईरहेको छ ।

काठमाण्डौं उपत्यकाभित्र २२ सहित देशभर १२३ शाखा कार्यालय, १ एक्सटेन्सन काउण्टर र ५० वटा ब्त्ः मार्फत ग्राहकहरुलार्ई सेवा प्रदान गर्दै आईरहेको छ ।

प्रकाशित समय : २०:५७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु