global ime bank Long Banner Ad
Global IME

गृहपृष्ठ डिसि फास्ट-चार्जिङ स्टेसन नेटवर्क विस्तारका लागि शारडा ग्रुप र गोल्छा अर्गनाइजेसनबीच सम्झौता

डिसि फास्ट-चार्जिङ स्टेसन नेटवर्क विस्तारका लागि शारडा ग्रुप र गोल्छा अर्गनाइजेसनबीच सम्झौता

डिसि फास्ट-चार्जिङ स्टेसन नेटवर्क विस्तारका लागि शारडा ग्रुप र गोल्छा अर्गनाइजेसनबीच सम्झौता

नेपालमा विद्युतीय सवारी साधनको पूर्वाधार विस्तार गर्ने शारदा ग्रुप र गोल्छा अर्गनाइजेसनले म्ऋ फास्ट चार्जिङ स्टेसनको बृहत् सञ्जाल विकास गर्न सहकार्य गर्न औपचारिक रूपमा एक समझदारी पत्रमा हस्ताक्षर गरेका छन् । नेपालमा विद्युतीय सवारी साधनको पूर्वाधार विस्तार गर्ने एउटा महत्वपूर्ण कदमको रूपमा, यो साझेदारीले इभि प्रयोगकर्ताहरूका लागि सुविधाजनक चार्जिङ स्टेसन उपलब्ध गराउने र राष्ट्रव्यापी रूपमा वातानुकुलित र दिगो (सस्टेनेबल) यातायात प्रविधिलाई प्रवर्द्धन गर्ने लक्ष्य राखेको छ । यस साझेदारीले १ वर्ष भित्रमा, देशभरका १०० स्थानहरूमा फास्ट-चार्जर स्थापना गर्ने योजना राखेको छ ।

हाल देशभर १६ भन्दा बढी फास्ट(चार्जिङ नेटवर्क सञ्चालनमा रहेका छन् । उपभोक्तामाझ विद्युतीय सवारीसाधनको बढ्दो लोकप्रियता र प्रयोगसँगै, पहुँचयोग्य र भरपर्दो चार्जिङ पूर्वाधारको आवश्यकता बढेको छ । हाल पोखरा–३ स्थान, काठमाडौं–३ स्थान, नारायणघाट–३ स्थान, नेपालगन्ज, बुटवल, विराटनगर–२ स्थान, वीरगन्ज, बिर्तामोड, बर्दिवास लगायतका स्थानमा विद्यमान चार्जिङ पूर्वाधार रहेका छन् ।

शारडा ग्रुप र गोल्छा अर्गनाइजेसनबीचको यो संयुक्त पहलले देशका मुख्य राजमार्ग तथा स्थानहरूमा चार्जिङ स्टेसन स्थापना गर्नमा ध्यान केन्द्रित गर्नेछ जसले अन्ततस् इभि प्रयोगकर्ताहरूलाई निर्धक्क रूपमा देशभर यात्रा गर्न सजिलो बनाउँछ ।

ग्राहकलाई सहज सेवा प्रदान गर्ने एक वर्षभित्र देशभर १०० वटा डिसी फास्ट चार्जर स्थापना गर्ने  योजना छ । शारदा ग्रुप निसान, ओमोडा र जाइको र जिकर गाडीको आधिकारिक वितरक हो भने गोल्छा अर्गनाइजेसन नेपालका लागि लिपमोटर, सिट्रोन, प्युजियो र काइको आधिकारिक वितरक हो । साझेदारीले शारदा समूह र गोल्छा अर्गनाइजेसनसँग सम्बद्ध सबै ब्रान्डका ग्राहकहरूलाई पहुँच प्रदान गर्दछ। म्ऋ फास्ट चार्जरको परम्परागत लाभ राष्ट्रव्यापी रूपमा सबै ग्राहकहरूले प्रयोग गर्न सक्छन्।

शारडा ग्रुप र गोल्छा अर्गनाइजेसनले बढ्दो विद्युतीय सवारीको बजारलाई अझ प्रोत्साहित गर्ने प्रतिबद्धता गरेका छन् । नेपालको इभि चार्जिङ नेटवर्कको विकासमा अपरिहार्य एक उपलब्धी हो ।

प्रकाशित समय : ०८:५२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु