गृहपृष्ठ बुटवलमा सार्वजनिक भयो प्रिमियम र स्मार्ट नामी ईभी
बुटवलमा सार्वजनिक भयो प्रिमियम र स्मार्ट नामी ईभी
नेपालका लागि डोङफेङ ईभीको आधिकारिक विक्रेता एमएडब्लु वृद्धिले लुम्बिनी प्रदेशको बुटवलमा आफ्नो प्रिमियम र स्मार्ट इभी नामीलाई सार्वजनिक गरेको छ ।
सोमबार आयोजना गरिएको कार्यक्रममा तिलोत्तमा नगरपालिकाका प्रमुख रामकृष्ण खाँड, तिलोत्तमा उद्योग वाणिज्य संघका अध्यक्ष ज्ञानेन्द्र कार्की र एमएडब्लु वृद्धिका बिजनेश हेड प्रशन्न पन्त तथा डोंगफेंग बुटवल इमरल्ड अटोमोबाइल्सका प्रबन्ध निर्देशक योगेन्द्र खड्गीले संयुक्त रुपमा नामी इभी सार्वजनिक गरेका हुन् ।
सेग्मेन्टमै सबैभन्दा लक्जरियस र इन्टेलिजेन्ट नामी इभीले लुम्बिनी प्रदेशको बजारमा नयाँ मापदण्ड स्थापित गर्नेछ । ह्याचब्याक सेग्मेन्टमा राखिए पनि यो आकारमा ठूलो छ । प्रतिस्पर्धीको तुलनामा यसको आकार र चौडाइ ठूलो हुनुका साथै धेरै सेग्मेन्ट फस्ट र सेग्मेन्ट बेस्ट फिचर प्रयोग गरिएका छन् ।
यो फ्युभरिस्टिक ह्याचब्याक इभीप्रेमीलाई सुहाउने गरी नामी ई१, नामी ई२ र नामी ई३ गरी तीन भेरियन्टमा उपलब्ध हुनेछ जसको मूल्य २९.९९ लाखदेखि ३४.९९ लाख रुपैयाँ रहेको छ ।
प्रकाशित समय : १८:०५ बजे