global ime bank Long Banner Ad

गृहपृष्ठ उमा कुङफु सङ्घको अध्यक्षमा राई चयन

उमा कुङफु सङ्घको अध्यक्षमा राई चयन

उमा कुङफु सङ्घको अध्यक्षमा राई चयन

नेपाल उमा कुङफु सङ्घको आज सम्पन्न पाँचौँ साधारणसभाले सञ्जितकुमार राईको अध्यक्षतामा १५ सदस्यीय केन्द्रीय कार्यसमिति चयन गरेको छ । यसअघि उन केन्द्रीय कार्यसमितिको उपाध्यक्ष हुन् ।

राईले दुई अन्तर्राष्ट्रिय प्रतियोगितामा दुई स्वर्ण र एक कास्यपदक जितेको छ । सन् २०२२ मा स्लोभेनियामा भएको विश्व मार्सल आर्ट्स खेलमा उनले एक स्वर्ण र एक कास्य तथा २०२४ मा अमेरिकाको न्युजर्सीमा भएको ब्याटल अफ ड्रागन मार्सल आर्ट्स च्याम्पियनसिपमा स्वर्ण जितेको थियो । राष्ट्रिय उमा कुङफु प्रतियोगिताको दुई संस्करणमा राईले दुई स्वर्ण जितेको छ ।

भारत, अस्ट्रिया र जर्मनीमा भएको प्रतियोगितामा निर्णायकको भूमिका निर्वाह गरि सक्नुभएका राईले विभिन्न घरेलु प्रतियोगितामा पनि मुख्य निर्णायकको भूमिका निर्वाह गरिसकेको छ ।

केन्द्रीय कार्यसमितिको उपाध्यक्षमा रमेश महर्जन, सिद्धार्थ लामा तामाङ, मुन्नी सुवेदी तामाङ, राजदिस नेम्कुल, भूपेन्द्र गुरुङ र अनिमेशलाल श्रेष्ठ चयन भयो । त्यस्तै कमल मगर महासचिव, कृष्णकुमार मगर सचिव र सूर्य तामाङ कोषाध्यक्ष पदमा चयन भएको छ । त्यसैगरी गुना गुरुङ, रत्न थापा राणा, रोजी श्रेष्ठ, शेरबहादुर गुरुङ र सुजन कक्षपति सदस्यमा चयन भयो ।

साधारण सभामा नेपाल राष्ट्रिय मार्सल आर्ट्स गेम्स सङ्घका अध्यक्ष सुदीप पण्डित क्षेत्रीलगायतको उपस्थिति रहेको थियो ।

प्रकाशित समय : २०:२२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु