global ime bank Long Banner Ad
Global IME

गृहपृष्ठ अहिलेसम्मकै धेरै कमाउने नेपाली फिल्म बन्यो ‘पूर्णबहादुरको सारंगी’

अहिलेसम्मकै धेरै कमाउने नेपाली फिल्म बन्यो ‘पूर्णबहादुरको सारंगी’

‘पूर्णबहादुरको सारंगी’ले सर्वाधिक कमाउने घरेलु फिल्मको इतिहास रचेको छ । प्रदर्शनको १३ औँ दिन मंगलबारसम्म फिल्मले देशव्यापी २५ करोड ४ लाख रुपैयाँ कमाएको छ ।

वितरण कम्पनी ब्यांकटेस इन्टरटेनमेन्टले १२ कात्तिकसम्मको कलेक्सन सार्वजनिक गरेको छ । फिल्मले मंगलबार मात्रै २ करोड ५ लाख रुपैयाँ ग्रस कमाएको छ । फिल्मले बुधबार २ करोडभन्दा धेरै कमाउने प्रक्षेपण गरिएको छ ।

‘कबड्डी ४’ को कमाइलाई उछिन्दै विजय बराल स्टारर फिल्मले धेरै कमाउने घरेलु फिल्मको रुपमा इतिहास रचेको हो । निर्माताले दिएको आधारमा कबड्डी ४ को कलेक्सन (२३ करोड ५० लाख) र चलचित्र विकास बोर्डले दिएको तथ्यांकको आधारमा (२१ करोड ३८ लाख) छ ।

टिकट बिक्रीको ट्रेन्ड हेर्दा ‘पूर्णबहादुरको सारंगी’को गति तत्काल रोकिने छाँटकाँट छैन । झण्डै ६ दशक लामो घरेलु फिल्मको इतिहासमा फिल्मको यो कमाइलाई अभूतपूर्व रुपमा लिइएको छ ।

काठमाडौं । ‘पूर्णबहादुरको सारंगी’ले सर्वाधिक कमाउने घरेलु फिल्मको इतिहास रचेको छ । प्रदर्शनको १३ औँ दिन मंगलबारसम्म फिल्मले देशव्यापी २५ करोड ४ लाख रुपैयाँ ग्रस कमाएको छ ।

वितरण कम्पनी ब्यांकटेस इन्टरटेनमेन्टले १२ कात्तिकसम्मको कलेक्सन सार्वजनिक गरेको छ । फिल्मले मंगलबार मात्रै २ करोड ५ लाख रुपैयाँ ग्रस कमाएको छ । फिल्मले बुधबार २ करोडभन्दा धेरै कमाउने प्रक्षेपण गरिएको छ ।

‘कबड्डी ४’ को कमाइलाई उछिन्दै विजय बराल स्टारर फिल्मले धेरै कमाउने घरेलु फिल्मको रुपमा इतिहास रचेको हो । निर्माताले दिएको आधारमा कबड्डी ४ को कलेक्सन (२३ करोड ५० लाख) र चलचित्र विकास बोर्डले दिएको तथ्यांकको आधारमा (२१ करोड ३८ लाख) छ ।

टिकट बिक्रीको ट्रेन्ड हेर्दा ‘पूर्णबहादुरको सारंगी’को गति तत्काल रोकिने छाँटकाँट छैन । झण्डै ६ दशक लामो घरेलु फिल्मको इतिहासमा फिल्मको यो कमाइलाई अभूतपूर्व रुपमा लिइएको छ ।

फिल्मले सर्वाधिक कलेक्सनको रुपमा मात्र इतिहास रचेन । सर्वाधिक शो पाउने फिल्मको रेकर्ड समेत राख्यो । अहिले पनि मुलुकका ४५० भन्दा धेरै शो यो फिल्मको कब्जामा छ । साथै, ‘पूर्णबहादुरको सारंगी’ एक दिनमा सर्वाधिक कमाउने नेपाली फिल्म समेत बनेको छ ।

प्रकाशित समय : १९:२७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु