गृहपृष्ठ नेपाली बजारमा अर्को विद्युतीय गाडी ‘एलएस अटो’ भित्रियो, मूल्य कति ?
नेपाली बजारमा अर्को विद्युतीय गाडी ‘एलएस अटो’ भित्रियो, मूल्य कति ?
नेपाली बजारमा फेरि अर्को विद्युतीय अटो ब्राण्ड ‘एलएस अटो’ भित्रिएको छ । चिनियाँ ईभीको बढ्दो दबदबाका बीच अर्को एक चिनियाँ ब्राण्ड थपिएको हो ।
नेक्सन भेन्चर्स प्रा.लिले हालैमात्र चिनियाँ ईभी ब्राण्ड एलएस अटोलाई नेपाली बजारमा भित्र्याएको हो । कम्पनीले पहिलो मोडल ‘लिभ ०१’ बजारमा उतारेको छ । तथापि, आधिकारी रुपमा गाडी सार्वजनिक नगरेको कम्पनीले बुधबार ‘सफ्ट लन्च’ भन्दै केही सञ्चारकर्मी र अटो भ्लगरहरुलाई बोलाएर गाडीको बारेमा जानकारी दिएको छ ।
बढ्दो चिनियाँ ईभीको भिडमा एलएस अटो फूल पावर, पिकअप र उच्च रेञ्जले विशेष भएको कम्पनीले दाबी गरेको छ । ईभीमा मध्यम वर्गमा ९९ किलोवाट पावर मोटरको साथमा ६७.१ किलोवाट ब्याट्री पावरमा उपलब्ध एलएस अटो यहीँ सेग्मेन्टमा अन्य ब्राण्डमा उपलब्ध नरहेको कम्पनीले दाबी गरेको छ । त्यो पनि ५९ लाख ४९ हजार रुपियाँमा नै ।
‘एलएस अटोमा अरु भन्दा बढी पावरफूल मोटरको साथमा उत्कृष्ट ब्याट्री प्रयोग गरिएको छ । अर्को आर्कषक लुक्समा गाडीको इन्टेरिअर स्पेश, हाइट, बुट (लगेज) स्पेश पनि पर्याप्त रहेको छ । अझ गाडीमा २१० एमएमको उच्च ग्राउण्डक्लियरेन्स उपलब्ध छ । यो यहीँ सेग्मेन्टका अन्य ब्राण्डमा पाउन सकिदैन’ कम्पनीका प्रबन्ध निर्देशक विजय थापाले भने ।
एलएस अटोको लिईभी ०१ फूल चार्जमा ५०० किलोमिटरको उच्च माइलेज दिने समेत कम्पनीले दाबी गरेको छ । कम्पनीले ब्याट्रीमा ८ वर्ष वा १ लाख ५० हजार किलोमिटरको वारेन्टी समेत प्रदान गरेको छ ।
प्रकाशित समय : १७:११ बजे