global ime bank Long Banner Ad
Global IME

गृहपृष्ठ ज्वालामुखी विस्फोट: उडेको खरानीका कारण बालीतर्फ र बालीबाट हुने उडानहरू  रद्द

ज्वालामुखी विस्फोट: उडेको खरानीका कारण बालीतर्फ र बालीबाट हुने उडानहरू  रद्द

ज्वालामुखी विस्फोट: उडेको खरानीका कारण बालीतर्फ र बालीबाट हुने उडानहरू  रद्द

इन्डोनेसियाको टापु नजिक विस्फोट भएको ज्वालामुखीबाट उडेको खरानीको भयानक बादलका कारण बालीतर्फ र बालीबाट हुने उडानहरू रद्द भएका छन् ।

कयौँ विमान सेवा प्रदायक कम्पनीहरूले अस्ट्रेलिया र बालीबिचको उडानहरू रद्द गरेको भन्दै बीबीसीले समाचार छापेको छ । क्वान्टास, जेटस्टार र भर्जिन अस्ट्रेलियाले बुधबार यात्रीहरूलाई उडान अवरुद्ध भएकोबारे जानकारी गराएका छन् ।

लेवोताओबी लाकी–लाकी हिमालबाट उडिरहेको खरानीको कारण उडान असुरक्षित भएको कम्पनीले बताएको छ । १० जनाको ज्यान जाने गरी ज्वालामुखी विस्फोट भएको एक हप्तापछि पनि विस्फोट भएको ठाउँबाट आकाशमा ९ किमीमाथिसम्म खरानी उडिरहेको छ । ज्वालामुखीको खरानी बुधबार उत्तरी हिस्सा तिर सर्न सक्ने अस्ट्रेलियाको मौसम विभागले चेतावनी दिएको छ ।

अस्ट्रेलियन समय अनुसार बिहीबार दिउँसो १२ बजेसम्म बालीतर्फ र त्यहाँबाट हुने सबै उडान रद्द गरिएको जेटस्टारले भनेको छ । भर्जिन अस्ट्रेलियाले पनि बुधबारका लागि बालीतर्फ र त्यहाँबाट हुने सबै उडान रद्द गरेको छ ।एजेन्सी

प्रकाशित समय : १३:१० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु