गृहपृष्ठ विद्युत विक्रीबाट सिंगटी हाइड्रोले २६ करोडभन्दा बढी आम्दानी गर्यो
विद्युत विक्रीबाट सिंगटी हाइड्रोले २६ करोडभन्दा बढी आम्दानी गर्यो
सिंगटी हाइड्रो ईनर्जी लिमिटेडले चालू आर्थिक वर्षको पहिलो त्रैमाससम्म विद्युत विक्रीबाट २६ करोड ३५ लाख रुपैयाँभन्दा बढी आम्दानी गरेको छ । गत वर्षको पहिलो त्रैमाससम्मको तुलनामा यस वर्ष कम्पनीको विद्युत विक्री आम्दानी शून्य दशमलव २८ प्रतिशत घटेको हो ।
यस वर्ष कम्पनीको कुल आम्दानी शून्य दशमलव ८१ प्रतिशत बढी भएको छ भने कुल खर्च २८ दशमलव शून्य ४ प्रतिशत घटेको छ । यस वर्ष कम्पनीले २६ करोड ५ लाख रुपैयाँभन्दा बढी कुल आम्दानी गरेको छ भने १४ करोड ७९ लाख रुपैयाँभन्दा बढी कुल खर्च गरेको छ । हाल कम्पनीको चुक्तापूँजी २ अर्ब ९० करोड रुपैयाँ रहेको छ भने जगेडा कोष रकम ६ करोड ४० लाख रुपैयाँभन्दा बढी रहेको छ ।
गत वर्ष यस अवधिसम्म कम्पनीले विद्युत विक्रीबाट २६ करोड ४३ लाख रुपैयाँभन्दा बढी आम्दानी गरेको थियो । पहिलो त्रैमाससम्म कम्पनीको खुद नाफा भने ११ करोड २५ लाख रुपैयाँभन्दा बढी रहेको छ । गत वर्षको तुलनामा यस वर्ष कम्पनीको खुद नाफा ११३ दशमलव शून्य ५ प्रतिशत बढेको हो । गत वर्ष यस अवधिसम्म कम्पनीले ५ करोड २८ लाख रुपैयाँभन्दा बढी खुद नाफा गरेको थियो ।
प्रकाशित समय : ११:२३ बजे