global ime bank Long Banner Ad
Global IME

गृहपृष्ठ मुद्दती निक्षेपमा १ अर्ब ७० करोड रूपैयाँ लगानी गर्दै केन्द्रीय बैंक

मुद्दती निक्षेपमा १ अर्ब ७० करोड रूपैयाँ लगानी गर्दै केन्द्रीय बैंक

मुद्दती निक्षेपमा १ अर्ब ७० करोड रूपैयाँ लगानी गर्दै केन्द्रीय बैंक

नेपाल राष्ट्र बैंकले आफ्नो उपदान तथा पेन्सन कोषमा रहेको १ अर्ब ७० करोड रुपैयाँ अन्य बैंकको मुद्दती निक्षेपमा लगानी गर्ने भएको छ । केन्द्रीय बैंकले कर्मचारीहरुको उपदान तथा पेन्सन कोषको रकम बैंक तथा वित्तीय संस्थामा राख्ने भएको हो ।

केन्द्रीय बैंकले ३ सय ६६ दिनका लागि क’ वर्गका वाणिज्य बैंकहरुमा १ अर्ब ३६ करोड रुपैयाँ, ‘ख’ वर्गका विकास बैंकहरुमा २५ करोड ५० लाख र ‘ग’ वर्गका वित्त कम्पनीहरुमा ८ करोड ५० लाख रुपैयाँ निक्षेपमा राख्न लागेको हो।

निक्षेप लिन चाहने बैंक तथा वित्तीय संस्थाहरुले बोलकबोलका लागि २७ गतेसम्म आवेदन पेस गरिसक्नुपर्नेछ। आफूले मुद्दती निक्षेपमा लिन चाहेको रकम र प्रस्ताव गरेको ब्याजदरसमेत उल्लेख गरी आवेदन दिन केन्द्रीय बैंकले बैंकहरुलाई आह्वान गरेको छ।

 

प्रकाशित समय : २०:५४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु