global ime bank Long Banner Ad
Global IME
nmb bank

गृहपृष्ठ नेपालले कुवेतलाई दियो १३१ रनको लक्ष्य

नेपालले कुवेतलाई दियो १३१ रनको लक्ष्य

नेपालले कुवेतलाई दियो १३१ रनको लक्ष्य

यूएईमा जारी आईसीसी यू-१९ महिला टी-२० विश्वकप एसिया छनोटमा नेपालले कुवेतलाई १३१ रनको विजयी लक्ष्य दिएको छ ।

टस जितेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ८ विकेट गुमाउँदै १३० रन बनाएको हो ।

नेपालका लागि कप्तान पूजा महतोले सर्वाधिक ३४ रन बनाएकी छन् भने साना प्रविनले २५ रन र ज्योत्सिका मरासिनीले २३ रन बनाएकी हुन् ।

प्रतियोगितामा नेपालले पहिलो खेलमा थाइल्याण्डलाई ६७ रनले पराजित गरेको थियो । कुवेत भने पहिलो खेलमा आयोजक यूएईसँग पराजित भएको थियो ।

छनोट प्रतियोगिता नेपाल र कुवेतसँगै आयोजक यूएई र थाइल्याण्ड सहभागी छन् । डबल राउण्ड रोविनका आधारमा खेलाइएको यस प्रतियोगितामा शीर्ष स्थानमा रहने टोली अर्को वर्ष मलेसियामा हुने यू-१९ महिला टी-२० विश्वकपमा छनोट हुनेछ ।

 

प्रकाशित समय : १३:१४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु