global ime bank Long Banner Ad
Global IME
nmb bank

गृहपृष्ठ सलमानलाई धम्की दिने व्यक्ति पक्राउ

सलमानलाई धम्की दिने व्यक्ति पक्राउ

सलमानलाई धम्की दिने व्यक्ति पक्राउ

मंगलबार बिहान सलमान खानलाई फेरि लरेन्सको नाममा धम्की आएको थियो । मुम्बईको कन्ट्रोल रुमबाट प्राप्त सन्देशमा सलमान खानले बिश्नोई समुदायको मन्दिरमा गएर कालो हरिणको शिकार गरेकोमा माफी नमागे वा ५ करोड रुपैयाँ नदिए ज्यान जान सक्ने उल्लेख गरिएको थियो ।

धम्की दिने आरोपीलाई प्रहरीले कर्नाटकबाट पक्राउ गरेको छ । उनको नाम विक्रम हो । प्रहरीले घटनाको अनुसन्धानका लागि आरोपीलाई मुम्बई ल्याउने बताइएको छ ।

मुम्बई पुलिसको ट्राफिक कन्ट्रोल रुममा एउटा सन्देश आएको थियो। मध्यरातमा आएको सन्देशमा लेखिएको थियो, ‘यदि सलमान खान जीवित रहन चाहन्छन् भने उसले हाम्रो मन्दिरमा गएर माफी माग्नुपर्छ वा ५ करोड तिर्नुपर्छ । हाम्रो गिरोह अझै सक्रिय छ।’

अक्टोबर २५ मा सलमानलाई दुई पटक धम्की आएको थियो । एनसीपी नेता बाबा सिद्दिकीको छोरा जीशानको कार्यालयलाई २ करोड रुपैयाँ माग गरिएको थियो ।

प्रकाशित समय : ११:११ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु