गृहपृष्ठ हसिना शासनकालमा अपहरण गरिएका २०० बंगलादेशी अझै बेपत्ता
हसिना शासनकालमा अपहरण गरिएका २०० बंगलादेशी अझै बेपत्ता
अपदस्थ प्रधानमन्त्री शेख हसिनाको शासनकालमा सेनाले अपहरण गरेका करिब २०० जना बङ्लादेशी अझै बेपत्ता रहेको जबरजस्ती बेपत्ता भएका घटनाहरूको अनुसन्धान आयोगका सदस्य नूर खानले मङ्गलबार बताएका छन्।
गत अगस्टमा विद्यार्थी नेतृत्वको विद्रोहमा भएको प्रदर्शनपछि हसिना हेलिकोप्टरमार्फत छिमेकी देश भारत भागेकी थिइन्। हसिना सरकारमाथि मानव अधिकार हननको आरोप तथा सयौंको गैरकानूनी अपहरण र बेपत्ता भएको आरोप लगाइएको थियो।
प्रकाशित समय : २१:२१ बजे