गृहपृष्ठ भारतमा अक्टोबरमा बिक्यो ५ लाख गाडी, पहिलोपटक इभी बिक्री १० हजार माथि
भारतमा अक्टोबरमा बिक्यो ५ लाख गाडी, पहिलोपटक इभी बिक्री १० हजार माथि
भारतमा अक्टोबर महिनामा करिब ५ लाखवटा गाडी बिक्री भएका छन्।
सवारी रेजिस्ट्रेसनको तथ्यांक अनुसार भारतमा अक्टोबर ३१ सम्म ५ लाख १३ हजार गाडी दर्ता भएका छन्। यसको अर्थ हरेक दिन करिब १६ हजार ५५० वटा गाडी बिक्री।
यही वर्षको जनवरीमा ३ लाख ९९ हजार गाडी दर्ता भएको थियो। त्यसपछि हरेक महिना कम्तीमा ३ लाख ३३ हजार गाडी बिक्री भएको थियो। यो भनेको गत वर्षको भन्दा ५ प्रतिशत गाडी बिक्री हुनु हो।
यस्तै, भारतमा पहिलोपटक इलेक्ट्रिक कारणको बिक्रीको संख्या १० हजार नाघेको छ।
प्रकाशित समय : २२:४७ बजे