गृहपृष्ठ जुवातास खेलिरहेको अवस्थामा विभिन्न जिल्लाबाट ३९ जना पक्राउ

जुवातास खेलिरहेको अवस्थामा विभिन्न जिल्लाबाट ३९ जना पक्राउ

जुवातास खेलिरहेको अवस्थामा विभिन्न जिल्लाबाट ३९ जना पक्राउ

गोदावरी नगरपालिका-७ देविचौर बस्ने छिरिङ तामाङको टहरोमा कौडा खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ४१ वर्षीय श्याम तामाङ समेत ७ जनालाई गए राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी टिकाभैरवबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ७६ हजार रूपैयाँ र १५ थान कौडा सहित पक्राउ गरेको हो ।

तनहुँ, भानु नगरपालिक-४ धोतीचौतरा बस्ने ५६ वर्षीय अक बहादुर थापाको घर पछाडि जुवातास खेलिरहेको अवस्थामा थापा समेत ५ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय भानुबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ४० हजार ३ सय ८५ रूपैयाँ र १ सय ६० पत्ता तास सहित पक्राउ गरेको हो ।

कञ्चनपुर, भिमदत्त नगरपालिका-१ बराकुण्डा रौटेलास्थित रौटेला खोला किनारमा जुवातास खेलिरहेको अवस्थामा सोही नगरपालिका-४ बस्ने २९ वर्षीय राजेन्द्र बहादुर शाह समेत १३ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ४ लाख ७४ हजार ९८ रूपैयाँ र १४ बुक तास सहित पक्राउ गरेको हो ।

यसैगरी कञ्चनपुर, बेदकोट नगरपालिका(७ सुडास्थित ३९ वर्षीय अमर सिह धामीको न्यू हाइवे वाइन्स एण्ड क्याफेमा जुवातास खेलिरहेको अवस्थामा धामी समेत ४ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २६ हजार २ सय ५० रूपैयाँ र ३ बुक तास सहित पक्राउ गरेको हो ।

पाल्पा, रम्भा गाउँपालिका(१ असर्दीस्थित स्याङ्जा गल्याङ नगरपालिका(११ दिमिक घर भएका २८ वर्षीय सागर भट्टराईको रम्भा रिसोर्टमा कौडा खेलिरहेको अवस्थामा रम्भा गाउँपालिका(१ सगाहा बस्ने ५६ वर्षीय बल बहादुर रानाभाट समेत ३ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी हुँगी र इलाका प्रहरी कार्यालय रामपुरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ९२ हजार ५० रूपैयाँ र १६ थान कौडा सहित पक्राउ गरेको हो ।

बाँके, नेपालगंज उपमहानगरपालिका(२० राझास्थित एभर ग्रिन पेट्रोल पम्पको भान्सा घरमा जुवातास खेलिरहेको अवस्थामा सोही उपमहानगरपालिका-४ गणेशपुर बस्ने ४७ वर्षीय प्रमेन्द्र बोहोरा समेत ७ जनालाई गए राति प्रहरीले पक्राउ गरेको छ । उक्त स्थानमा खटिएको प्रहरीले उनीहरूलाई नगद २ लाख १९ हजार ३ सय ३५ रूपैयाँ र १ बुक तास सहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रकाशित समय : २१:२७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु