global ime bank Long Banner Ad

गृहपृष्ठ बंगलादेशविरुद्धको टेस्ट सिरिज दक्षिण अफ्रिकाको क्लीन स्वीप

बंगलादेशविरुद्धको टेस्ट सिरिज दक्षिण अफ्रिकाको क्लीन स्वीप

बंगलादेशविरुद्धको टेस्ट सिरिज दक्षिण अफ्रिकाको क्लीन स्वीप

दक्षिण अफ्रिकाले बंगलादेशविरुद्धको टेस्ट सिरिज क्लीन स्वीप गरेको छ ।

जारी सिरिजको दोस्रो टेस्टमा दक्षिण अफ्रीकाले बंगलादेशलाई इनिंग र २७३ रनले पराजित गरेको हो ।

यस टेस्टमा पहिला ब्याटिंग गर्दै ६ विकेट गुमाउदै ५७५ रन बनाएर इनिंग घोषणा गरेको थियो ।

त्यसपछि ब्याटिंग गर्न आएको बंगलादेशले पहिलो इनिंगमा केवल १५९ रन बनाएर अलआउट भएको छ र फलोअनमा परेको थियो । त्यसपछि फलोअनमा दोस्रो इनिंग ब्याटिंग गर्दै १४३ रन बनाएर अलआउट भएपछि दक्षिण अफ्रिकाले इनिंग र २७३ रनको फराकिलो जित हासिल गरेको हो ।

यस अघि पहिलो टेस्ट दक्षिण अफ्रिका ७ विकेटले विजयी भएको थियो । यसका साथै दक्षिण अफ्रिकाले सिरिज २-० ले क्लीन स्वीप गरेको थियो ।

यस सिरिजमा १४ विकेट लिएका कागीसो रबाडा प्लेयर अफ द सिरिज बनेका छन् ।

 

प्रकाशित समय : १८:१३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु