global ime bank Long Banner Ad

गृहपृष्ठ पुजा शर्माको फिल्म दान्भी युट्युबमा रिलिज

पुजा शर्माको फिल्म दान्भी युट्युबमा रिलिज

पुजा शर्माको फिल्म दान्भी युट्युबमा रिलिज

अभिनेत्री पुजा शर्माको एक्शन अवतार रहेको फिल्म दान्भी युट्युबमा रिलिज भएको छ । विहिबार फिल्म युट्युबको बुढा सुब्बा डिजिटल च्यानलमा रिलिज गरिएको हो ।

रूपेश तामाङको निर्देशनमा बनेको फिल्ममा अभिनेत्री पूजा शर्माले पहिलोपटक एक्सन भूमिका निर्वाह गरेकी थिइन् । यो फिल्म असार ७ गते रिलिज भएको थियो ।

फिल्ममा पूजाको अलावा कुन्साङ बम्जन, किरण श्रेष्ठ, मोनालिसा खतिवडा, राजाराम पौडेल, कालु राणा, सीता तामाङ लगायत कलाकारको पनि अभिनय छ । फिल्ममा पवन राना मगर कार्यकारी निर्माता र देव मगर तथा अनुप गडाल निर्माता छन् । फिल्ममा कमला लिम्बु, पन्चबहादुर तामाङ र आदर्श पौडेल सह–निर्माता छन् ।

सन्जोग राणाको पटकथा तथा संवाद, रविना थापा मगरको कथा, हरिप्रसाद घलेको छायाङ्कन, बन्दे प्रसादको सम्पादन, श्री श्रेष्ठको एक्सन रहेको फिल्ममा कविराज गहतराजको कोरियोग्राफी छ ।

 

प्रकाशित समय : १५:५३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु