गृहपृष्ठ चार महिनामा एक करोड ६० लाख राजस्व सङ्कलन

चार महिनामा एक करोड ६० लाख राजस्व सङ्कलन

चार महिनामा एक करोड ६० लाख राजस्व सङ्कलन

सशस्त्र प्रहरी बल ४ नम्बर गण सुनसरीले चालु आर्थिक वर्षको चार महिनामा एक करोड ६० लाखभन्दा बढी राजस्व सङ्कलन गरेको छ ।

सीमावर्ती क्षेत्रबाट हुने चोरी तस्करी नियन्त्रण अभियानअन्तर्गत जिल्लाको विभिन्न स्थानबाट एक करोड ६० लाखभन्दा बढी राजस्व सङ्कलन गरेको सशस्त्र प्रहरी उपरीक्षक समेनन्द बज्राचार्यले जानकारी दिए । उनका अनुसार गत साउनमा ४७ लाख ३४ हजार चार सय ६९, भदौमा ६१ लाख पाँच हजार पाँच सय दुई, असोजमा ३२ लाख नौ हजार पाँच सय ३६ र कात्तिकको हालसम्म १९ लाख ५३ हजार छ सय ३७ राजस्व सङ्कलन भएको हो ।

सीमा क्षेत्रमा हुने चोरीतस्करी नियन्त्रणका क्रममा विभिन्न किसिमका भन्सार छलीका सामग्री पक्राउ गरेर भन्सार कार्यालयमा बुझाउँदा सो बराबरको राजस्व सङ्कलन भएको प्रहरी उपरीक्षक बज्राचार्यले बताए । उनका अनुसार सशस्त्र प्रहरी बल ४ नम्बर गण मातहत सुरक्षा पोष्ट र बिओपीबाट राजस्व सङ्कलन हो ।

प्रकाशित समय : १३:४० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु