गृहपृष्ठ चलचित्र विकास बोर्डले नेपाली छायांकारलाई ड्रोन सञ्चालनको प्रशिक्षण दिने
चलचित्र विकास बोर्डले नेपाली छायांकारलाई ड्रोन सञ्चालनको प्रशिक्षण दिने
चलचित्र विकास बोर्डले २५ जना नेपाली फिल्म क्षेत्रका छायांकारहरुलाई ड्रोन सञ्चालनको कानूनी ज्ञानसहितको निःशुल्क प्रशिक्षण दिने भएको छ ।
बोर्डका अध्यक्ष दिनेश राज दाहाल (डिसी) द्वारा बुधवार जारी सूचनामा उल्लेख भए अनुसार प्रशिक्षणको क्रममा पूर्व र पोस्ट उडान सञ्चालनहरू, उन्नत उडान कौशल, सुरक्षा र जोखिम व्यवस्थापन, एरियल इमेजिङ, प्रत्यक्ष प्रसारण आदि विषयमा प्रशिक्षण दिइने भएको छ।
बोर्डले कार्तिक २४ गते भित्र बोर्डको ईमेल ठेगानामा आवेदन दिन आग्रह गरेको छ ।
प्रकाशित समय : ११:३९ बजे