गृहपृष्ठ काठमाडौं महानगरपालिकाले निजी कम्पनीलाई फोहर उठाउन नदिने

काठमाडौं महानगरपालिकाले निजी कम्पनीलाई फोहर उठाउन नदिने

काठमाडौं महानगरपालिकाले निजी कम्पनीलाई फोहर उठाउन नदिने

काठमाडौं महानगरपालिकाले उपत्यकाको अन्तिम फोहर व्यवस्थापन स्थल बञ्चरेडाँडाको आयु लम्ब्याउने प्रयासको थालनी गरेको छ। सोका लागि कामपाले स्रोतमा उत्पादन भएको फोहरको २० प्रतिशत मात्रै उक्त स्थानमा लैजाने गरी तयारी थालेको कामपा वातावरण विभागले जनाएको छ।

स्रोतमा उत्पादन भएको फोहरमध्ये २० प्रतिशत बञ्चरेडाँडामा लैजाने र बाँकी सेवा प्रदायकमार्फत व्यवस्था गर्नेगरी तयारी थालिएको विभागका प्रमुख सरिता राईले जानकारी दिइन्। उनका अनुसार बाँकी फोहर व्यवस्थापनका लागि बोलपत्र आह्वानको काम भइसकेको छ।

कामपाले पुनः प्रयोग गर्न सकिने फोहर सोही अनुसार व्यवस्था गर्ने, कुहिने फोहरबाट कम्पोस्ट मल बनाउने तयारीसहित अत्यन्तै थोरै फोहर मात्रै बञ्चरेडाँडा लैजाने योजना बनाएको हो। अहिले काठमाडौं उपत्यकाको १८ स्थानीय तहबाट दैनिक एक हजार छ सय मेट्रिक टन फोहर व्यवस्थापनको काम भइरहेको विभागले जनाएको छ।

प्रकाशित समय : २०:०३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु